Skip to main content

कहिले सुध्रेला मोबाइल नेटवर्कको गुणस्तर ?

  • सेवा विस्तार र मूल्य प्रतिष्पर्धामा उत्रेका सेवाप्रदायकहरुले गुणस्तरलाई खासै चासो दिएका छैनन् ।  

चार वर्ष वेलायत बसेर छ महिनाअघि स्वदेश फर्कदा रोस्नी कार्कीले नेपाली मोबाइल सेवाको गुणस्तर धेरै सुधार भइसकेको ठानेकी थिइन् । तर, उनको ठम्याई गलत साबित भयो ।
‘कुरा गर्दा गर्दै फोन काटिन्छ, म बसेको ठाँउमा त फोन नै लाग्दैन कस्तो दिक्क लाग्छ,’ कार्की भन्छिन्, ‘बेलायतमा बस्दा यस्तो समस्या कहिल्यै आउदैन थियो ।’ वेलायतको जस्तो पूर्वाधार विकास भइनसकेपनि गुणस्तर अहिलेकोभन्दा राम्रो हुनुपर्ने उनको ठम्याई छ ।
‘यहाको जस्तो गुणस्तरहीन सेवा दिने कम्पनी वेलायतमा भएका भए प्रयोगकर्तालाई कति पेनाल्टी तिरिसक्नु पथ्र्यौ होला,’ उनी भन्छिन्, ‘नेपालमा कसैलाई मतलब नै छैन ।’
रोस्नी जस्तै अध्ययनका लागि सात वर्ष अमेरिका बसेर केही महिनाअघि नेपाल फर्केकी दीपा पोखरेललाई पनि यहाको मोबाइल सेवाले दिग्दार पारेको छ । ‘अमेरिकाको मोबाइल नेटवर्कलाई ‘ए’ ग्रेडको मान्ने हो भने, नेपाली मोबाइल नेटवर्कलाई ‘सी’ ग्रेडको भन्न पनि मिल्दैन,’ उनले भनिन्, ‘यस्तो सेवाका लागि हामीले पैसा चाही धेरै तिर्नु परिरहेको छ ।’
कार्की र पोखरेल मात्र होइन, धेरै मोबाइल उपभोक्ताले यस्तै समस्या भोगिरहेका छन् । मोबाइल सेवा प्रदायकहरुले बारम्बार सुधार गरेको दाबी गरेपनि उपभोक्ताले गुणस्तर सुधारको अनुभव गर्न पाएका छैनन् । ‘यहाको मोबाइल चलाउदा कम्पनीहरुले पैसा लुट्न मात्र सिमकार्ड बाडेको जस्तो लाग्छ,’ पोखरेलले भनिन्, ‘यस्तो सेवा चलाउनेलाई पैसा तिर्नुपर्दा साह्रौ दिक्क लाग्छ ।’

नेपाली सेवा प्रदायकले गुणस्तर सुधार नगर्दा उपभोक्ताले फोन नलाग्ने, बिचैमा काटिने, नसुनिनेलगायतका समस्या भोगिरहेका छन् । कतिपय अवस्थामा कल सफल नहुदा रकम ब्यालेन्स काटिने समस्या समेत देखिने गरेको छ । उपभोक्ताले दैनिक गुणस्तरको समस्या भोगिरहेका भएपनि मोबाइल सेवाप्रदायकहरुले सुधारलाई महत्व दिएका छैनन् ।
सेवा विस्तार र मूल्य प्रतिष्पर्धामा उत्रेका सेवाप्रदायकहरुले गुणस्तरलाई खासै चासो नदिएको दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणका अधिकारीहरु समेत स्वीकार गर्छन् । ‘नेपालमा भर्खरै मोबाइल सेवाको सुरुवात भएकाले उनीहरुले सेवा विस्तारलाई मात्र महत्व दिएको जस्तो देखिन्छ,’ प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, ‘अबको चरण भनेको गुणस्तर सुधार हो, गुणस्तरीय सेवा दिन नसक्नेहरु बजारमा प्रतिष्पर्धा गर्न सक्दैनन् ।’
प्राधिकरणका पटक—पटकका अध्ययनले नेपाली सेवाप्रदायकको गुणस्तर कमजोर रहेको देखाइसकेको छ । करिब तीन वर्ष अघि गरेको प्राधिकरणको अध्ययनले नेपाल टेलिकम, युटिएल र एनसेलको मोबाइल गुणस्तर कमजोर देखाएको थियो । त्यसबेल प्राधिकरणले दुवै सेवाप्रदायकलाई गुणस्तरको बारे ध्यानाकर्षण गराएको थियो ।
दुई वर्ष अघिको अर्को अध्ययनले पनि तीनवटै सेवाप्रदायकको मोबाइल नेटवर्क गुणस्तरहीन देखाको थियो । दोस्रो अध्ययनपछि प्राधिकरणले ०६८ माघमा सेवाप्रदायकलाई गुणस्तर सुधार गर्न ६ महिने म्याद सहितको निर्देशन दियो । यो निर्देशन अनुसार सेवाप्रदायकले गुणस्तर सुधार गरेर राम्रो बनाएको पत्र पठाएका थिए ।
त्यसपछि प्राधिकरणले सेवाको गुणस्तरको बारे अध्ययन गरेको छैन । ‘हामीले फेरि अध्ययनका लागि परामर्शदाता नियुक्त गर्न लागेका छौ,’ प्रधिकरणको इन्जिनियरिङ विभागका उप—निर्देशक उदयराज रेग्मीले भने, ‘त्यसको रिपोर्ट आएपछि मात्र वास्तविक अहिलेको अवस्था थाहा हुन्छ ।’
प्राधिकरणका अधिकारीहरुका अनुसार सञ्चार मन्त्रालयमा नयाँ मन्त्री आउने बित्तिकै सबैभन्दा पहिले मोबाइलको गुाणस्तर सुधार गर्न निर्देशन दिने गरेका छन् । ‘अहिलेको मन्त्रीज्यूले पनि आउने बित्तिकै गुणस्तर सुधार गर्न निर्देशन दिनुभएको थियो, तर सुधारको छाँटकाट नै छैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘नेपालमा मोबाइलको गुणस्तर सुधार कथा मात्रै बन्ला जस्तो छ ।’
सेवा प्रदायकहरु भने गुणस्तर सुधार भइरहेको दाबी गर्छन् । पहिलेको तुलनामा गुणस्तरमा व्यापक सुधार गरिसकेको र आगामी दिनमा थप सुधार हुने उनीहरुको तर्क छ । ‘हामीले पहिले गुनासो आएका समस्याको क्रमश: सुधार गर्दै गएका छौ,’ नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका प्रमुख सुरेन्द्र थिकेले भने, ‘उपभोक्ताले प्रयोग गर्दा गुणस्तर भएन भन्ने गुनासो आएपनि हामीले हेर्दा नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्ड पुरा भएको देखिन्छ ।’ उनले ग्राहकका समस्या मध्यनजर गरेर टेलिकमले मोबाइल टावर थप गर्ने र उर्जाका स्रोतको व्यवस्थापन गर्ने कार्य गरिरहेको जानकारी दिए ।
‘पुराना टावरको नेटवर्क कभरेज कम भएर समस्या आएकाले हामी चाडै नयाँ टावर थप्दैछौ,’ थिकेले भने, ‘उपत्याकाभित्रका पुराना टावरहरु हटेपछि गुणस्तरमा कसैको गुनासो हुदैन ।’ उनले रिङरोड भित्रका टावरहरु एक महिनाभित्र र उपत्याकभित्रका अन्य क्षेत्रका टावरहरु ३ महिनाभित्र फेरिसक्ने जानकारी दिए ।
एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले एनसेलको गुणस्तर कमजोर नभएको दाबी गरे । उनले अन्य सेवाप्रदायकको नेटवर्क भित्र कल गर्दा उसको नेटवर्क गुणस्तरीय नभएमा समस्या उत्पन्न हुने बताए । उर्जा संकटले गर्दा मोबाइल टावरमा ब्याकअपको समस्या हुनु र पूर्वाधार विस्तारका लागि सरकारी निकायबिच समन्वय नभई समयमै अनुमति नपाउदा कहिलेकाही समस्या उत्पन्न हुने गरेको जानकारी दिए । ‘गुणस्तरमा हामी कुनै सम्झौता गर्दैनौ,’ शर्माले भने, ‘उपभोक्ताको गुनासो आएमा तत्कालै समाधान गर्छौ ।’

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु