व्यापारीले उपभोक्तालाई सुनको शुद्धतामा ठगी गर्न थालेपछि सरकारले सुनको शुद्धता सम्बन्धि मापदण्ड लागू गर्ने भएको छ।
राजधानी सहित मुलुकका विभिन्न क्षेत्रका पसलेले २४ क्यारेटभन्दा कमसल सुनका गहना बिक्री गर्ने गरेको तथ्य बाहिर आएपछि सरकारले शुद्धता सम्बन्धि मापदण्ड जारी गर्न लागेको हो। उपत्यका, चितवन र कास्कीका विभिन्न सुन पसलबाट संकलित गहनाहरुको नमुना परीक्षण गर्दा शुद्धतामा ठगी गरेको पाइएपछि सरकारले मापदण्ड बनाएको हो।
‘हामीले शुद्धता सम्बन्धि मापदण्ड तयार गरिसकेका छौ’, गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘यसलाई गुणस्तर परिषद् बाट पारित गरेपछि लागू हुनेछ।’ उनले विभागले सुनको शुद्धता सम्बन्धि मापदण्ड बनाएरपरिषद् मा पेस गर्ने तयारी गरिसकेको छ।
पसलेहरुले २४ क्यारेट सुनको गहना भन्दै २२ क्यारेटको बिक्री गर्ने गरेको तथ्य बाहिर आएपछि कानुनी दायरामा ल्याउन यस्तो मापदण्ड तयार पारिएको उनले जानकारी दिए। नेपाल सरकारले हालसम्म यस्तो मापदण्ड बनाएको छैन। मापदण्ड नहुदा व्यवसायीहरुले ९० प्रतिशत हाराहारीको सुनलाई समेत २४ क्यारेट भनेर बिक्री गरिहेका छन्।
२४ क्यारेटको सुन हुनलाई यसको शुद्धता ९९.५ प्रतिशत हुनुपर्छ। सरकारी टोलीले गत वैशाख र जेठ महिनामा संकलन गरेका नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा सुनको शुद्धतामा ठगी भइरहेको पत्ता लागेको थियो। त्यसबेला राजधानीका नाम चलेका सुनचाँदी पसलले समेत शुद्धतामा ठग्ने गरेको तथ्य बाहिर आएको थियो।

ठगीको तथ्य बाहिर आएपछि व्यवसायीले सरकारी अनुगमनको विरोध गर्दै व्यवसाय नै बन्द गरेका थिए। त्यसपछि अनुमगन गर्ने निर्देशिका बनाउने सहमतीमा व्यवसायीको आन्दोलन रोकियो। सम्झौता अनुसार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सुन अनुगमन सम्बन्धि निर्देशिकाको मस्यौदा बनाएर वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको छ। तर, अहिलेसम्म अनुमगन सम्बन्धि निर्देशिका जारी हुन सकेको छैन।
शुद्धता जाच्ने विधि र शुद्धता मापदण्डमा समेत विवाद आएपछि त्यसैबेला देखि गुणस्तर तथा नापतौल विभागले मापदण्ड बनाउने गृहकार्य थालेको थियो। विभागले अन्तर्राष्ट्रिय मापदण्डहरुलाई आधार मान्दै सुनको शुद्धता तोकेको छ।
सरकारी टोलीले गत असोज र कात्तिक महिनामा गरेको अनुगमनका क्रममा चितवनको नारायणगढ र पोखराका पसलहरुबाट संकलन गरेको सुनको नमुना परीक्षणले पनि शुद्धतामा ठगी भएको देखाएको छ। विभागले शुद्धतामा गठी गर्ने पसललाई कारबाही गर्न स्थानिय प्रशासनलाई पत्राचार गरिसकेको छ। मापदण्ड बनेपछि यस्तो ठगी गर्नेलाई कारबाही गर्न थप सहज हुने पुडासैनीले बताए। ‘अहिले व्यापारीहरुले मापदण्ड नै छैन भनेर गुनासो गर्ने गरेका छन्’ उनले भने, ‘मापदण्ड बनेपछि भने यस्तो गुनासो आउने छैन।’
‘बोटलिङ प्लान्ट’को पनि बन्दै
गुणस्तर तथा नापतौल विभागले सुनको शुद्धतासँगै खाना पकाउने ग्यास ‘बोटलिङ प्लान्ट’को समेत मापदण्ड बनाएको छ। हालसम्म यस्ता प्लान्टको मापदण्ड नहुदा ग्यास व्यवसायीले आफु अनुकुल ग्यास ल्याउने, भण्डारण गर्ने, भर्ने, त्यसको जाचगर्ने र बजारमा पठाउने गरेका छन्। यसले कतिपय अवस्थामा ग्यासको प्रयोग जोखिमयुक्त हुने गरेको छ।
मापदण्डमा ग्यास सिलिन्डरको आयु पनि तोकिने छ’ पुडासैनीले भने,‘यसले जोखिम घटाउन मद्दत गर्नेछ।’ अहिले भारतको मापदण्डलाई मानेर ग्यास सिलिन्डरको पहिलो उत्पादन भएको १० वर्षसम्म उपभोग्य मिति तोकिएको छ। ग्यास ल्याएर भण्डारण गर्नेदेखि सिलिन्डरमा भर्ने र बजारसम्म पुर्याउने सबै प्रकृयाको विस्तृत मापदण्डमा तोकिने पुडासैनीले जानकारी दिए।

Comments
Post a Comment