Skip to main content

पर्खाई हुन्डाई ग्रान्डको

‘हेल्लो, ग्रान्ड कहिले नेपाल आउाछ?’ आजभोली थापाथलीस्थित हुन्डाई सोरुममा आउने फोन कलमा यस्तै प्रश्न सोध्नेहरु धेरै हुन्छन्। तिनीहरुमध्ये केहीले ग्रान्ड नेपाल मिति सोधेर कल अन्त्य गर्छन् त केहीले ग्रान्ड नेपाल भित्रिएपछि खबर गरिदिनु भन्दै नाम र नम्बर टिपाउाछन्।
फोन गर्नेका अतिरिक्त बाटो पर्दा सोरुम छिरेर ग्रान्ड बारे सोधीखोजी गर्नेहरु समेत बढिरहेका छन्। ‘नेपाल कहिलो आउला? मूल्य कति होला?’ जस्ता प्रश्न सोध्न सोरुम आउनेहरु धेरै भइसकेका छन्। ‘ग्रान्ड बारे इन्क्वायरी बढेको बढ्यै छ’, हुन्डाईको नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका वरिष्ठ प्रबन्धक रुपेश भट्ट भन्छन्, ‘यो ग्राडीप्रति धेरैको चासो देखिएको छ’।
हुन्डाई नेपाली बजारमा धेरै कार बिक्री हुने ब्रान्ड मध्येमा पर्छ। धेरै ग्राहकको रोजाइमा परेको ब्रान्ड भएकाले हुन्डाइको नया मोडलका कारप्रति चासो बढ्नु स्वभाविक नै भएको भट्टको ठम्याई छ। ‘भारतमा बिक्री सुरु हुने बित्तिकैदेखि नेपालमा आएको इन्क्वायरीले गर्दा ग्रान्डप्रति ग्राहकको चासो धेरै भएको बुझेका छौ’, भट्टले भने, ‘बजारमा आएपछि बिक्री पनि राम्रै हुने अपेक्षा छ’।

हुन्डाईको चलेका मोडलहरु ‘आई टेन’ र ‘आई ट्वान्टी’को बिचको ‘भर्सन’ भएकाले ग्रान्डप्रति भारतमा समेत ग्राहकको चासो धेरै छ। सेक्टेम्बरमा भारतमा बिक्री सुरु भएको यो मोडललाई ‘ग्रान्ड आई टेन’ पनि भनिन्छ।
केही भारतीय सञ्चारमाध्यमले यसलाई ‘आई टेन’को पछिल्लो संस्करण भनेर विश्लेषण गरेका छन्। भारतमै उत्पादन भएको हुन्डाइको यो कार भारतमा मध्यमवर्गलाई लक्षित गरेर बनाइएको हो। डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध हुन्डाई ग्रान्डको डिजाइन पनि अन्य कारको जस्तै ‘फ्ल्यूडिक’ डिजाइन छ। ह्याचब्याक सेग्मेन्टको यो कारलाई छरितो र पारिवारिक कारकोरुपमा कम्पनीले प्रचार गरेको छ।
यो मोडललाई हेर्दा न त आई टेनको छनक आउाछ न त आई ट्वान्टीको। पूर्णरुपमा भिन्न डिजाइनको देखिने यो मोडलमा ‘स्विप्ट–ब्याक हेडल्याम्पस्’ र ‘बिग हेक्सागोनल ग्रिल विथ चुङ्की फग ल्याम्पस्’ जडान भएका छन्। आकर्षक डिजाइनयुक्त ‘ग्रान्ड’मा गुणस्तरीय प्लास्टिक र आल्मुनियमको प्रयोग गरिएको छ।
यसमा अडागी र पछाडी दुवैतिर एसर कन्डिसनरको सुविधा छ। कार चलाउनेले स्टेयरिङमै धेरै खाले सुविधाको उपयोग गर्न पाउनेछन्। जसले कार चालकलाई सहजता प्रदान गर्नेछ। यसमा ‘कि–लेस इन्ट्री’, ‘अटो फोल्डिङ मिरर’, ‘मल्टी इन्फरमेसन डिस्प्ले’ जस्ता आधुनिक विशेषता छन्। यूएसबी र एयूएक्स पोर्ट रहेको यसको म्युजिक सिस्टममा ब्लुटुथ कनेक्टिभिटीको सुविधा पनि छ। आन्तरिकरुपमा एक जीबी मेमोरी रहेको म्युजिक सिस्टममा फोन, मेमोरी कार्ड, पेनड्राइभलगायत जोडेर संगीत सुन्न सकिन्छ।
आरामदायी सिट, पर्याप्त सामान राख्ने स्थानजस्ता विशेषताले सानो गाडीमा आरामका साथ धेरै सामान बोकेर गरिने यात्रालाई समेत सहजता प्रदान गर्छ।यसको डिजेल भर्सनमा आई टेनमा प्रयोग भएको एक हजार दुई सय सिसीको काप्पा इन्जिन प्रयोग भएको छ। डिजेल भर्सनमा भने एक हजार एक सय सिसी क्षमताको तीन सिलिन्डरे इन्जिन प्रयोग भएको छ।
अङ्ग्रेजी नयाा वर्षको अवसरमा नेपाली बजारमा भित्र्याउने लक्ष्य राखिएको यो कारको मूल्य आई टेनको भन्दा बढी र आई ट्वान्टीको भन्दा कम हुने भट्टले जानकारी दिए। अहिले नै मूल्य भने यकिन नगरि सकिएको उनले बताए। दुई वर्षे वारेन्टीका साथ उपलब्ध हुन्डाई ग्रान्डमा ४३ लिटरको इन्धन ट्याङ्की छ।
कम्पनीको दाबीमा एक लिटर इन्धनले सहरमा १५.४ किलोमिटर कुदाउन सकिने यो कारलाई राजमार्गमा भने १९.६ किलोमिटर कुदाउन सकिन्छ। विभन्न रङमा उपलब्ध यो कार मध्यम वर्गका नेपालीको रोजाइमा पर्ने भट्टले दाबी गरे। कारका सौखिनका लागि भन्दापनि आवश्यकताका लागि पारिवारिक कार खोजी गर्नेहरुका लागि यो उपयुक्त हुनेछ। पारिवारिक भएपनि यसमा सबैखाले आधुनिक सुविधाहरु प्रयोग भएका छन्। यसमा एबिएस, एयरब्यागलगायतका सुरक्षात्मक प्रबन्धहरु पनि गरिएको छ। ‘सजिलो, छरितो, सुरक्षित र ब्रान्डेड पारिवारीक कारको खोजीमा रहेकाका निम्ती ग्रान्ड एकदमै उपयुक्त हुनेछ’, भट्ट भन्छन्, ‘यसप्रतिको यथार्थ आकर्षण भने नेपालमा आएपछि नै देखिने छ’।

 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...