Skip to main content

इनर्जी ड्रिङ्क्समा मुटु र मृगौला रोग लगाउने तत्व

 नेपालीमा बिक्री भइरहेका शक्तिवद्र्धक पेय(इनर्जीं ड्रिङ्क्स)मा मधुमेह, मुटु र मृगौला सम्बन्धि रोग लगाउने खालका तत्व अधिक मात्रामा भेटिएको छ।
नेपाली बजारमा बिक्ने प्रमुख १० ब्रान्डका इनर्जी ड्रिङ्क्सका नमुना संकलन गरि प्रयोगशालामा परीक्षण गर्दा स्वास्थ्यलाई हानी गर्ने तत्व अधिक मात्रामा भेटिएको हो। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सहयोगमा उपभोक्ता हित संरक्षण मञ्चले गरेको अध्ययनले यस्ता पेयमा जनस्वास्थ्यमा गम्भिर असर पार्ने खालका तत्व भेटिएको देखाएको छ।
‘हामीले प्रयोगशला परीक्षण गर्दा इनर्जी ड्रिङ्क्स कम्पनी आफैले घोषणा गरेकोभन्दा दोब्बर मात्रामा क्याफिन भेटिएको छ’, मञ्चका कोषाध्यक्ष बाबुराम हुमागाईले भने, ‘सोडिएम कन्टेन्टलगायत शुन्य हुनुपर्ने तत्वहरु पनि भेटियो’।
बजारमा बिक्री भइरहेका इनर्जी ड्रिङ्क्सको प्रयोगशाला परीक्षणका क्रममा कम्पनीहरुले सम्रिश्रण(कम्पोजिसन)मा उल्लेख गरेका बाहेकका तत्वहरु समेत भेटिएको हुमागाईले बताए। उनका अनुसार सम्रिश्रणमा उल्लेख गरिएका तत्वभन्दा अन्य तत्व समेत भेटिनुले इनर्जी ड्रिङ्क्स स्वास्थका लागि उपयुक्त छैन।

प्रयोगशाला परीक्षण प्रतिवेदन अनुसार कम्पनीहरुले आफ्नो सम्रिश्रणमा दाबी गरेका र शरिरलाई तागत दिने खालका तत्व भने दाबीभन्दा कम पाइएको छ। ‘जुन तत्वले शक्ति दिन्छ र शरिरलाई कम हानी गर्छ त्यस्तो तत्व चाही कम छ’, औषधी व्यवस्था विभागका पूर्व निर्देशक समेत रहेका उनले भने, ‘जुन तत्वले सरिरलाई बढी हानी गर्छ, त्यस्ता तत्व उच्च मात्रामा पाइएको छ’।
डब्लुएचओको सहयोगमा मञ्चले प्यासिफिक इन्टरनेसनल नामक निजी कम्पनीको प्रयोगशालामा परीक्षण गरेको हो। यस्ता पेयमा स्वास्थ्यलाई हानी गर्ने तत्वको मात्रा रहेको साथै कम्पनीहरुले दाबी गरे अनुसारको शक्तिवद्र्धक तत्व नभएको परीक्षणको निष्कर्ष छ। ‘उपभोक्तालाई कम्पनीहरुले स्वास्थ्यमा हानी पुर्‍याउने र दाबी गरे अनुसार तत्व नराखी ठूलो रकम असुलेर समेत ठग्ने गरेको देखियो’, हुमागाईले भने, ‘यस्तो कार्य गर्नेलाई काुननी कारबाही हुनु जरुरी छ’।
डब्लुएचओ नेपालका वातावरण तथा स्वस्थ्य सल्लाहकार टेरेन्स थम्सनले परीक्षणबाट इनर्जी ड्रिङ्क्समा भेटिएका तत्वले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने बताए। ‘यस्ता तत्वले मुटु र मृगौला सम्बन्धि रोग एवं मधुमेह समेत लगाउन सक्छन्’, उनले भने, ‘इनर्जी डिङ्क्सको सही तरिकाबाट नियमन हुनु जरुरी छ’।
प्रयोगशाला प्रतिवेन अनुसार यस्ता पेयमा १५ ग्राम चिनीमा हुने बराबरको क्यालोरी हुने देखिएको छ। यसले उपभोक्तालाई कम्पनीहरुले कम शक्तिवद्र्धक वस्तुलाई बढी शक्तिवद्धक भन्दै बिक्री गरेको देखााउछ।
मञ्चले प्रयोगशाला परीक्षणसागै इनर्जी ड्रिङ्क्सको बिक्री तथा प्रयोगका बारे समेत अध्ययन गरेको छ। यस्तो अध्ययनका क्रममा इनर्जी ड्रिङ्क्सका क्यानहरुमा कानुनले तोके अनुसारका विवरण नभएको देखाएको छ। खाद्य ऐन र अन्य नियमहरुले तोकेको परिधिमा रहेर मात्र आयात गर्नुपर्नेमा त्यस्तो नगरिएको अध्ययनको निश्कर्ष छ।
मञ्चले उपत्यकाका २ सय ग्राहकको अन्तरवार्ता लिएर गरेको अध्ययनका क्रममा अधिकांश प्रयोगकर्ताले आफुलाई यस्ता पेयमा भएको सम्रिश्रण बारे जानकारी नभई पिउने गरेको बताएका छन्। शिक्षित वर्गले यस्ता पेयको उपभोग बढी गर्ने गरेको देखिएपनि यसले गर्ने हानीका बारे धेरै अनभिज्ञ रहेका पाइएको छ।
यसको प्रयोग भने वर्षेनी बढिरहेको अध्ययनले देखाएको छ। व्यापार तथा निकासी केन्द्रका अनुसार गत वर्ष मात्र नेपालमा एक अर्बभन्दा बढीको इनर्जी ड्रिङ्क्स आयात भएको छ। नेपालमा वर्षेनी यस्ता पेयको आयात र प्रयोग बढिरहेको छ।



 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...