Skip to main content

तेस्रो मुलुकमा नेपाली जुत्ता–चप्पलको माग

स्वदेशी र भारतीय ग्राहकबिच लोकप्रिय बन्दै गएका नेपाली जुत्ता–चप्पलको तेस्रो मुलुकमा समेत माग हुन थालेको छ।
डेढ दशक अघिदेखि भारतमा निर्यात भइरहका नेपाली जुत्ता–चप्पलको बंगालादेश, श्रीलंकालगायतका मुलुकबाट माग आएको हो। तेस्रो मुलुकबाट माग आएपनि पर्याप्त उत्पादन अभाव र प्रकृयागत झन्झटले निर्यात भने हुन सकेको छ।
‘माग आएपछि हामीले श्रीलंका निर्यातका लागि सबै तयारी गरेका थियौं’, मोरङको उत्सव ओभरसिजका प्रबन्ध निर्देशक हरि दाहालले भने, ‘उता सोरुम समेत खोल्ने तयारी गरियो, तर त्यहाको सरकारले भारी कर लगाएकाले निर्यात गर्न सकेका छैनौ’।
श्रीलंका सरकारले स्वदेशी उद्योग प्रवद्र्धनका लागि प्रति जोर चप्पलमा करिब दुई सय रुपैयाा राजस्व लगाएकाले आफुहरुले निर्यात गर्न नसकेको बताए। नेपालबाट करिब १५ वर्षदेखि ‘गोल्ड स्टार’ ब्रान्डको जुत्ता भारत निकासी भइरहेको छ। तेस्रो मुलुकबाट नेपाली जुत्ता–चप्पलको माग आएको भने यो पहिलो पटक हो।
उत्सव ब्रान्डमा पियू चप्पल उत्पादन गरिरहेको कम्पनीले बंगालादेश र भारतमा भने निकासी तयारी गरिरहेको छ। हामीले अरु मुलुकमा निकासीको तयारी गरेका छौ’, दाहालले भने, ‘सबै प्रकृया मिलिसकेको छैन’। दाहालका अनुसार उत्पादन बढाउन सके भारत सहित बंगालादेश र श्रीलंकामा नेपाली जुत्ता–चप्पल निर्यात हुने सम्भावना छ।
नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले भारत सहित तेस्रो मुलुकमा समेत नेपाली जुत्ता–चप्पल निर्यात हुनसक्ने देखेपछि केही व्यवसायीले लगानी थप गरिरहेको बताए। ‘केही व्यवसायी साथीले नयाा उत्पादन युनिट राखिरहनु भएको छ’, उनले भने, ‘उहाहरुको उद्देश्य निर्यात गर्ने नै छ’।
नेपाली बजारमा राम्रै चर्चा पाइरहेको शिखर सुजले पनि निर्यातको लक्ष्यका साथ लगानी बढाइरहेको छ। शितर सुजले हल्का, गुणस्तरीय र सस्ता खाले जुत्ता उत्पादनका लागि तयारी गरेको सञ्चालक रामकृष्ण प्रसाईले बताए। हामीले निर्यातको सम्भावना देखेर यस्ता खाले जुत्ता उत्पादको तयारी गरेका हौ’, उनले भने, ‘करिब तीन महिनामा उत्पाद सुरु हुन्छ, त्यसपछि निर्यातका लागि पनि पहल गर्छौ’। शिखरले भारत र बंगालादेशलगायतका छिमेकी मुलुकमा निर्यातको लक्ष्य राखेको छ।
किरण सुज म्यानुफ्याक्चरर मोर्डन ल्पिर्स इन्डस्ट्रिजले उत्पादन गर्ने ‘गोल्ड स्टार’ जुत्ता भारतमा निक्कै लोकप्रिय छ। यसको निर्यात वर्षेनी बढिरहेको छ। सस्तो, गुणस्तरीय र बलियो भएकाले धेरै भारतीयको रोजाइमा परेको ‘गोल्ड स्टार’ जुत्ता पर्ने गरेको छ। अरु उद्योगहरुले पनि यस्तै खालको जुत्ता उत्पादन गरेर भारत निकासी गर्ने तयारी थालेका हुन्।
किरण सुजका बजार प्रमुख राजन श्रेष्ठका अनुसार अहिले कम्पनीले वार्षिक करिब ५० हजार जोर ‘गोल्ड स्टार’ जुत्ता भारत निकासी गरिरहेको छ। आफ्नो उत्पादनको ६० प्रतिशतभन्दा बढी भारत निकासी गरेबापत वर्षेनी जस्तो नेपाल चेम्बर अफ कमर्सले किरण सुजलाई उत्कृष्ट निर्यातकर्ता कम्पनीकारुपमा सम्मान गर्दै आएको छ।
झट्ट हेर्दा खासै आकर्षक नदेखिए पनि ‘गोल्डस्टार’ जुत्ता भारतीय मध्यम वर्गको रोजाइमा परेको छ। हलुका, सस्तो र बलियो विषेशताका कारण जाडोमा बाहेक खासै जुत्ता नलगाउने भारतीयले यसलाई रुचाउादै आएका छन्। किरण सुजले हाल वार्षिक करिब ८० लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ।
‘गोल्ड स्टार’ जुत्ताकै कारण नेपालबाट भारतर्फ निकासी हुने मुख्य वस्तुमध्येमा जुत्ता–चप्पल पनि पर्ने गरेको छ। सरकारी तथ्याङ्कले नेपालबाट भारतर्फ जुत्ता–चप्पलको निर्यात वर्षेनी बढिरहेको देखाएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालबाट भारततर्फ ४० करोड ११ लाख रुपैयााको जुत्ता–चप्पल निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ। गत वर्षको यसै अवधिमा भने २८ करोड ३५ लाख रुपैयााको मात्र निकासी भएको थियो।
‘वर्षेनी हाम्रो जुत्ताको माग बढिरहेको छ’, किरण सुजका श्रेष्ठले भने, हामीले पनि उत्पादन बढाएर मागलाई पुरा गरिरहेका छौ’। राष्ट्र बैंकको तथ्याङ्कले पनि चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जुत्ता–चप्पलको निर्यात गत ४१.५ प्रतिशतले बढेको देखाउाछ। गत वर्षको यसै अवधिमा निर्यात ३३.४ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ६९ करोड ५८ लाख रुपैयाा बराबरका जुत्ता–चप्पल निर्यात भएका थिए। यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको हो। नेपालमा उत्पादित जुत्ता–चप्पलले यहाको मागको ५५ प्रतिशतभन्दा बढी पुरा गर्ने अनुमान छ।

जुत्ता–चप्पलको निर्यात
 
आव ०६७/६८          ७६ करोड ५७ लाख
आव ०६८/६९          १ अर्ब ३४ करोड १४ लाख
आव ०६९/७०          १ अर्ब ६९ करोड ५८ लाख
 
स्रोत : नेपाल राष्ट्र बैंक
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु ...