Skip to main content

सार्कमा व्यवसायीक स्टिकर भिसा दोब्बर

सार्कका वाणिज्य मन्त्री र निजी क्षेत्रका प्रतिनिधि यस क्षेत्रका व्यवसायीले पाउदै आएको ‘बिजनेस स्टिकर भिसा’को कोटा बढाउन सैदान्तिकरुपमा सहमत भएका छन्।
यो सहमतीले सार्क राष्ट्रका निजी क्षेत्रबिचको सम्बन्ध अफ फराकिलो भई क्षेत्रीय लगानी र व्यवासयीक वातावरण अभिवृद्धि हुनेछ। भारतको नयाँदिल्लीमा शनिबार सम्पन्न पाँचौ ‘सार्क व्यावसायिक सम्मेलन’मा सहभागी आठ राष्ट्रका वाणिज्य मन्त्री र निजी क्षेत्रका प्रतिनिधि भिसा स्टिकर कोटा बढाउन सहमत भएका हुन्। वाणिज्य मन्त्रीहरु सहमत भएपनि यस्तो भिसाको कोटा बढाउन भने सार्क राष्ट्रका गृह मन्त्रालय र अध्यागमन विभागका अधिकारीको बैठकले निर्णय गर्नुपर्नेछ।
२०६७ माघमा भुटानमा भएको सार्कको मन्त्रीस्तरिय बैठकले स्टिकर भिसाको अवधारणा ल्याएपछि सम्बन्धित मुलुकको परराष्ट्र मन्त्रालयले यस्तो भिसा जारी गर्दै आएको छ। व्यवसायी सहित, सांसद, कुटनीतिज्ञ, पत्रकारलगायत १९ समूहका व्यक्तिलाई यस्तो भिसा सुविधा छ। त्यसमध्ये व्यवसायीलाई भने प्रत्येक मुलुकले दुई सयको कोटा लगाएका छन्। यो संख्यालाई बढाएर पाँच सय पु¥याउन भारतीय वाणिज्य मन्त्री आनन्द शर्माले सम्मेलनमा प्रस्ताव गरेका थिए।
‘भारतीय वाणिज्य मन्त्रीले राखेको प्रस्तावमा सहमती जनाउदै सम्मेलनले त्यसलाई कार्यन्वनको बाटोमा लान सुझाव दिएको छ’, अर्थ तथा व्यापार क्षेत्र हेर्ने भारतस्थित नेपाली दुतावासका सहसचिव विष्णु लम्सालले अन्नपूर्णसँग टेलिफोनमा भने। लम्सालका अनुसार सम्मेलनले निकालेका निश्कर्षहरुलाई सुझावकोरुपमा लिएर सार्क मुलुकका सम्बन्धित मन्त्रालयले कार्यान्वयनका लागि पहल गर्नेछन्।
सार्क सदस्य आठवटै मुलुकका वाणिज्य मन्त्री समेत सहभागी सम्मेलनमा सम्बोधन गर्दै भारतीय वाणिज्य मन्त्री शर्माले यस्तो प्रस्ताव गरेका थिए। उनले यस्तो भिसा स्टिकरको कोटा बढाउनका लागि आफुले विशेष पहल गर्ने बनाएका थिए।
यस्तो भिसा स्टिकर लिदा तोकिएको क्षेत्रका व्यक्तिहरुले भिसा प्रणालीको झन्झट बेहोर्नु पर्दैन। यस्तो भिसा स्टिकर पाउनेले तीनदेखि ६ महिनासम्म सार्क मुलुकभर आवतजावत गर्न पाउँछन्। विशेषगरि व्यवसायीलाई आफ्नो व्यापार प्रवद्र्धन गर्नका लागि यस्तो भिसा स्टिकरले मद्दत गर्नेछ। सार्क मुलुकका व्यवसायीका छाता संगठनहरुले यस्तो भिसा स्टिकरको संख्या बढाउन माग गर्दै आएका छन्।
सम्मेलनमा नेपालले भने जल, हवाई, सडक र रेल सञ्जालमार्फत व्यापार विस्तारमा सहजीकरणको प्रस्ताव राखेको लम्सालले बताए। उनका अनुसार सार्क क्षेत्रका व्यवसायीले प्रवेशाज्ञा सहजीकरणका साथ सार्क मुलुकमा समान उर्जा नीति लागू गर्न माग सुझाव दिएका छन्।
सम्मेलनको समापनमा बोल्दै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले सार्कमा एकिकृत क्षेत्रीय व्यापारबाट फाइदा लिने उपायको खोजी गरिनुपर्ने बताएको उनका प्रेस सल्लाहकार संकेत कोइराललो जनाएका छन्। सार्क पाकृतिक सम्पदाको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले व्यापार सहजीकरणको माध्यमबाट सामूहिक फाइदा लिन सक्नुपर्नेमा जोड दिए। कोइरालाले अन्तरदेसीय उर्जाको प्रसारण तथा क्षमता विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए।
यसैबिच मन्त्री कोइरालाले भारतीय समकक्षी शर्मासँग विशाखपटनम बन्दरगाह उपयोग गर्न दिन आग्रह गरेका छन्। उनले शनिबार शर्मालाई भेटेर यस्तो आग्रह गरेका हुन्। सम्मेलनमा भाग लिन गएका कोइरालाले एक महिनाअघि काठमाडौंमा सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरिय बैठकका निर्णय कार्यान्वयन गर्न पनि आग्रह गरे। उनले बैठकका निर्णय कार्यान्वयनका लागि नेपाली टोली भारत आउन लागेको जानकारी शर्मालाई गराएका थिए।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु