Skip to main content

‘सफ्टवेयर कम्पनी खोल्न लागेका छौ’

प्रबन्ध निर्देशक भट्टराई
अनुपरञ्जन भट्टराई सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक हुन्। ताररहित टेलिफोन सेवामा दख्खल राख्ने भट्टराईले टेलिकम प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेपछि कम्पनीलाई अग्रगति दिने विभिन्न योजना अघि सारेका छन्। कतिपय योजना संचालक समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेका छन् भने केही योजना पारित हुन बाकि छन्। नेपाल टेलिकमका आगामी योजना, सेवाको गुणस्तर एवं समस्याका विषयमा केन्द्रित रहेर भट्टराईसँग गरेको कुराकानीको सार।

सरकारी कम्पनी भएकाले टेलिकम अन्य प्रतिष्पर्धीको तुलनामा सुस्त गतिमा अघि बढिरहेको देखिन्छ। कम्पनीलाई प्रतिष्पर्धी बनाउन तपाईको योजना के छ?
मैले केही समयदेखि भन्दै आएको छु, अब हामी डाटा व्यापारमा केन्द्रित हुन्छौ। जस्तो ग्राहकको माग र इन्छा हुन्छ त्यसलाई पुरा गर्न हामी लाग्नुपर्छ। जसरी भएपनि ग्राहको इन्छा पुरा गर्नु हाम्रो लक्ष्य हो। अहिले ग्राहकको मुख्य आवश्यकता भनेको उच्च गतिको डाटा सेवा हो, जसबाट भिडियो सहितका स्काइप, भाइबरजस्ता सेवा चलाउन पाइयोस्। ग्राहकलाई चाहिने नै भिडियो चल्ने खालको डाटा सेवा हो। हामी यसैमा केन्द्रित भएर अघि बढ्छौ। डाटा सेवामा कन्द्रित हुदै गएपछि हाम्रो सेवा अझै प्रतिष्पर्धी भएर आउनेछ।
डाटातर्फ तपाइहरुले अहिले धेरैखाले सेवा चलाइरहनु भएको छ। तिनैलाई उच्च गतिमा चलाउनु हुन्छ कि नयाँ सेवा सुरु गर्नुहुन्छ?
अहिले हाम्रो वाइम्याक्स नेटवर्क उच्च गतिको छ। वाइम्याक्स बाहेक सीडीएमएतर्फको इभीडीओ सेवा पनि ६२ जिल्लामा पुगिसकेको छ। जीएसएमतर्फ थ्रीजी, जीपीआरएसजस्ता सेवा चलिरहेका छन्। एडीएसएल सेवा पनि धेरै ठाँउमा छ। चलिरहेका यी सेवालाई थप प्रभावकारी र उच्च गतिको बनाउने छौ। यस बाहेक ग्राहकसँग भइरहेको डिभाइस र सेवा प्रयोग गरेर उच्च गतिको इन्टरनेट चलाउन पाउने खालको सेवा पनि सुरु गर्ने योजना छ। कम मूल्य र उच्च गतिको सेवा दिन सकेमा मात्र अहिलेको बजारमा टिक्न सकिन्छ। यसका लागि हामीले विभिन्न स्थानमा विभिन्न प्रविधिबाट वाइफाई सेवा दिदैछौ। यो सेवा सहरमा मात्र होइन, जिल्ला जिल्लामा पु¥याउछौ।
सेवा विस्तार र नयाँ सेवा ल्याउन त टेलिकम अगाडी नै देखिन्छ। तर, गुणस्तर चाही कहिल्यै सुधार हुन सकेको छैन। गुणस्तर चाही कहिले सुध्रन्छ?
गुणस्तरमा गुनासो आउने गरेकाले हामीले यसलाई प्राथमिकतामा राखेर सुधारका काम गरिरहेका छौ। अहिले त हामीले गुणस्तर सुधारका लागि छुट्टै रणनीति नै बनाएका छौ। खासगरी अरु सेवाभन्दा पनि जीएसएम मोबाइलको भ्वाइस सेवामा गुणस्तरको गुनासो हुने गर्छ। यसलाई सम्बोधन गर्न हामीले राजधानीको चत्रपथभित्रबाट सुरु गरेर मुलुकभर सेवा सुधारको काम अघि बढाइएको छ। गएको दुई सातादेखि राजधानीको चक्रपथभित्रको ‘कल सक्सेस रेट’मा निक्कै सुधार भएको छ।

केही स्थानमा हाम्रो ‘कभरेज’ संरचना नभएकाले नयाँ टावरहरु थपेर सबै क्षेत्रमा पु¥याउन लागेका छौ। यसले गुणस्तरमा सुधार भई ग्राहक सन्तुष्ट हुनेछन् भन्ने लागेको छ। मुलुकका केही स्थानमा ‘कभरेज’ विस्तारका लागि पनि काम गरिरहेका छौ। गुणस्तरीय सेवा दिन नसक्दा आफैलाई हानी हुने भएकाले टेलिकमले यसमा गम्भिर भएर काम गरिरहेको छ।
सेवा र गुणस्तर सुधार गर्न रणनीतिक साझेदार ल्याउनुपर्छ भनेर विभिन्न अध्ययनकर्ताले सुझाउ दिएका छन्। तर, रणनीतिक साझेदारको चर्चा मात्र हुने गरेको छ। टेलिकममा रणनीतिक साझेदार कहिले आउला?
रणनीतिक साझेदार आउदा टेलिकमलाई मुख्यतः दुई वटा फाइदा हुन्छन्। पहिलो–खरिद प्रकृया सरलीकृत हुन्छ। दोस्रो–अर्को देशको अनुभवबाट प्रतिष्र्धा गर्न धेरै कुरा सिक्न सकिन्छ। यसले प्रतिष्पर्धीसँग सामाना गर्न सजिलो हुन्छ। रणनीतिक साझेदार आउँदा फाइदा नै हुन्छ। यसैलाई मनन् गरेर सरकारले पनि नीति ल्याएको हो। हामीले पनि रणनीतिक साझेदारका लागि सकारात्मक भुमिका खेलिरहेका छौ।
अहिले सरकार र टेलिकम मिलेर रणनीतिक साझेदारका विषयमा विभन्नि काम गरिरहेका छौ। यही फागुन महिनासम्ममा कस्तो र कसरी रणनीतिक साझेदार ल्याउने भन्ने अध्ययन गर्न अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट प्रकृया सुरु हुन्छ। यस्तो परामर्शदाताको सुझाउका आधारमा अन्य प्रकृया तय गरिनेछ। दुई वर्षभित्र यस्तो साझेदार ल्याउने प्रकृया पुरा हुने अपेक्षा छ।
टेलिकमले लगानी विविधिकरण घोषणा गर्दै आएको छ। नयाँ कुनै क्षेत्रमा लगानीको तयारी गर्दै हुनुहुन्छ?
दूरसञ्चार सेवाका लागि पनि उर्जा आवश्यक तत्व भएकाले हामीले जलस्रोतमा लगानी गरिरहेका छौ। माथिल्लो तामाकोशीमा लगानी गरिसकेका छौ। त्रिशुली थ्री बीमा लगानी गर्न लागेका छौ। यसको पनि सम्झौता चाडै हुदैछ। हामीले लगानी विविधिकरणलाई अघि बढाउने योजना कायम राखेका छौ।
लगानी विविधिकरणकै क्रममा हामीले निजी क्षेत्रका कम्पनीसँग मिलेर एउटा होल्डिङ कम्पनी खोलेर सफ्टवेयर क्षेत्रमा लगानी गर्न लागेका छौ। अहिले धेरैजसो इन्टरनेट सामग्री बाहिरबाट ‘होस्ट’ हुने गरेको छ। नेपाली सामग्रीलाई पनि बाहिरबाटै ‘होस्ट’ गर्नुपर्ने बाध्यता छ। यसलाई हटाउनका निम्ति हामीले निजी क्षेत्रका कम्पनीसँग मिलेर सफ्टवेयर कम्पनी खोल्ने तयारी गरेका हौ। तर, अहिले यसले पूर्णता भने पाइसकेको छैन। यो हाम्रो योजना हो। हामीले अन्तर्राष्ट्रिय ब्यान्डविथमा धेरै रकम बाहिर पठाइरहेका छौ। त्यसलाई कम गर्न र सस्तोमा इन्टरनेट सेवा दिन निजी क्षेत्रको सहकार्यमा यस्तो कम्पनी खोल्ने सोच बनाइएको हो। यसका लागि अवश्यक पर्ने नीति तय गरेर हामी अघि बढ्छौ।
टेलिकमले पछिल्ला प्रविधिमध्ये थ्रिजी सेवा सञ्चालन गरिरहेको छ, अब फोरजी(एलटीई) सेवा कहिले सुरु गर्दैछ?
हामीले फोरजीमा जानलाई सबैखाले तयारी गरिसकेका छौ। दूरसञ्चार प्राधिकरणबाट अनुमति र फ्रिक्वेन्सी पाउने बित्तिकै हामी सेवा सुरु गर्न सक्छौ। एक वर्ष अघि नै हामीले यसका लागि निवेदन दिइसकेका छौ। फ्रिक्वेन्सी पाएको एक महिनाभित्र हामी फोरजी चलाउन सक्छौ।
टेलिकममा साढे पाँच हजार कर्मचारी छन्, यस्तै दूरसञ्चार कम्पनीमा पाँच सयभन्दा कम हुदा पनि सेवा राम्रो भइरहेको छ। कम्पनीलाई भार मात्र हुने तर दक्षता नभएका कर्मचारीलाई राखेर कसरी कम्पनी प्रतिष्पर्धी बन्नसक्छ?
हामीले कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्ने तयारी गरिरहेका छौ। त्यसका लागि परामर्शदाता नियुक्त गरेर हामी काम गर्छौ। कर्मचारीलाई स्वच्छिक अवकास योजना ल्याउन पनि अध्ययन भइसकेको छ। कर्मचारीलाई यसका निम्ति तयार गर्न क्षेत्रीय गोष्ठीहरु पनि गरिरहेका छौ। त्यसलाई कार्यान्वयनका लागि हामीले परामर्शदाता नियुक्त गर्न लागेका हौ। चालू आर्थिक वर्षभित्र यो योजना लागू गर्ने लक्ष्य छ। यसमा कर्मचारी युनियनहरु पनि सहमत भएका छन्।
टेलिकमले आइपी टेलिभिजन चलाउने घोषणा गरेको थियो। कहिलेदेखि आइपी टीभी चलाउनुहुन्छ?
टेलिकमले छुट्टै आइपी टीभी चलाउनु पर्छ जस्तो लाग्दैन। हामीले डाटा सेवालाई विस्तार गरेर त्यसलाई तीव्र पार्न सकेमा छुट्टै टीभी ल्याइरहनु पर्दैन। इन्टरनेट तीव्र गतिको भएपछि त्यसमै टीभी हेर्न सकिन्छ। हामी त्यतातिर लागेका छौ। छुट्टै आइपी टीभी ल्याउने योजना छैन।
टेलिकमको गुणस्तर खस्कनुमा यही भित्रका कर्मचारीको हात रहेको आरोप लाग्ने गर्छ। कतिपयले प्रतिष्पर्धी कम्पनीलाई सहयोग गरेको भन्ने आरोप पनि छ। टेलिकमभित्र त्यस्तो अवस्था छ?
मलाई टेलिकमका कर्मचारीले यस्तो काम गर्छन् भन्ने विश्वास लाग्दैन। त्यस्तो मलाई जानकारीमा आएको पनि छैन। कसैले त्यस्तो गरेको जानकारीमा आएमा कडा कारबाही हुन्छ। हामीलाई प्रतिष्पर्धामा अगाडी जान त्यस्तो धेरै अफ्टयारो छैन। हामीसँग पूर्वाधार र दक्ष जनशक्ति समेत भएकाले प्रतिष्पर्धीसँग त्यस्तो धेरै डारउनुपर्ने अवस्था छैन।
पूर्वाधार साझेदारीमा जान टेलिकम तयार छ की छैन?
हाम्रो अहिलेको पूर्वाधार साझेदारीका लागि पर्याप्त छैन। नयाँ कम्पनी खोलेर पूर्वाधार साझेदार गर्ने परिस्थिती भएमा हामी लगानीका लागि तयार छौ। अन्य कम्पनीले पूर्वाधारमा लगानी गर्दा हामीले चुप लागेर बस्ने भन्ने हुदैन। तर अहिलेको पूर्वाधार भने हाम्रो लागि नै आवश्यक छ। यसलाई बाडेर प्रयोग गर्न सक्ने अवस्था छैन।
नेपाल टेलिकमको नाफा गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा पनि घटिरहेको देखिन्छ नी?
हाम्रो नाफा घटेपनि आम्दानी घटेको छैन। नाफा घट्नुमा मुख्य काराण हामीले गत आर्थिक वर्षमा नविकरण शुल्क तिरेका छौ। त्यसले गर्दा हो। अर्को चाहि डलरको भाउ बढेकाले उपकरण आयात गर्दा लाग्ने खर्च बढेको छ। यी दुई कारणले नाफा घटेको हो। तर, आम्दानी बढिरहेकाले हामीले डराउनु पर्ने अवस्था छैन। हामी अहिले पनि मुलुकको एक नम्बर करदाता बनिरहेकै छौ।
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु