Skip to main content

हुवावे मोबाइलमा मासिक एक हजारको इन्टरनेट सित्तैमा

नेपाल टेलिकमले सीडीएमए प्रविधिमा आधारित डाटा सेवा विस्तार गर्न ग्राहकलाई प्रति महिना एक हजार रुपैयाँ बराबरको निःशुल्क इन्टरनेट प्याकेज सुरु गर्ने भएको छ।
चिनियाँ कम्पनी हुवावेसँगको सहकार्यमा टेलिकमले यस्तो प्याकेज सुरु गर्न लागेको हो। हुवावेको स्मार्टफोन किन्ने ग्राहकले सीडीएमए प्रविधिमा आधारित इभोलुसन डाटा वल्ली(इभीडीओ) सेवा लिदा योे सुविधा पाउनेछन्।
‘हामीले हुवावेसँगको सहकार्यमा मासिक एक हजारका दरले एक वर्षसम्म सित्तैमा डाटाको सुविधा दिन लागेका हौ’, नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले भने, ‘ग्राहकलाई धेरैभन्दा धेरै फाइदा पुगोस् भनेर यस्तो सुविधा दिन लागेका हौ।’टेलिकमले हुवावेको बिक्रेता कल मोबिलिटी प्रालिसँगको सहकार्यमा मासिक एक हजारको निःशुल्क डाटा प्याकेज सहितको बन्डलिंङ सेवा सुरु गर्न लागेको हो। मंगलबार यो सेवाको औपचारिक सुरुवात हुदैछ। मासिक सित्तैमा एक हजार रुपैयाँको प्याकेज दिने टेलिकम नै पहिलो कम्पनी भएको भट्टराईले बताए।
टेलिकमले सुरु गरेको इभीडीओ तेस्रो पुस्ताको सिडिएमए डाटा सेवा हो। भट्टराईका अनुसार मुलुकभर यो सेवा विस्तार भइसकेको छ। दुर्गम क्षेत्रमा समेत तीव्र गतिको इन्टरनेट सेवा चलाउन सकिने इभीडीओ सेवाप्रति ग्राहकको आकर्षण बढिरहेको टेलिकमले जनाएको छ।
हुवावे र टेलिमकले साझेदारीमा हाल दुईवटा स्मार्टफोन एवं एक–एक वटा डंगोल, राउटर र ट्याब्लेटमा बन्डलिङ सेवा सुरु गरिनेछ। कल मोबिलिटीका अनुसार राजधानीको न्युरोडस्थित कम्पनीको सोरुमबाट ग्राहकले यस्तो सुविधा पाउनेछन्। बन्डलिङ प्याकेजमा हुवावेको स्मार्टफोन र इभीडीओ किन्ने ग्राहकका लागि दुईथरी विकल्प छन्।
एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनमा इभीडीओ प्याकेज किन्नेले १४ हजार नौ सय सय रुपैयाँ र ४० हजार रुपैयाँको बन्डलिङ प्याकेज किन्न सक्नेछन्। हुवावेले एप्पलको ‘आइफोन फाइभ’सँगै बजारमा ल्याएको ‘एसेन्ड–पी–सिक्स’ मोडलको स्मार्टफोन पनि बन्डलिङ प्याकेजमा समेटिएको छ।
‘एसेन्ड–पी–सिक्स’को बन्डलिङ प्याकेज किन्न ग्राहकले ४० हजार रुपैयाँ तिर्नुपर्छ। सीडीएमए र जीएसएम दुईथरी सिमकार्ड प्रयोग गर्न सकिने यो स्मार्टफोनसँगको प्याकेजमा ग्राहकले मासिक एक हजार रुपैयाँ बराबरको डाटा सित्तैमा पाउने भट्टराईले जानकारी दिए। अन्य प्याकेजमा भने ग्राहकले मासिकरुपमा कम्तिमा मासिक पाँच सय रुपैयाँ बराबरको डाटा सित्तैमा पाउनेछन्।
हुवावेको ट्याब्लेट सहितको बन्डलिङ प्याकेज किन्नेले भने २७ हजार रुपैयाँ तिर्नुपर्छ। यसैगरी वाइफाई राउटर सहितको बन्डलिङ प्याकेज किन्दा भने ग्राहकले ६ हजार रुपैयाँ र डंगोल सहितको बन्डलिङ प्याकेज किन्दा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। ग्रामीण क्षेत्रसम्म चल्ने इभीडीओ सेवालाई यो बन्डलिङ प्याकेजले ग्राहको संख्या अझ बढाउने भट्टराईले बताए।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली प्रतिवेदन अनुसार नेपाल टेलिकमको सीडीएमए सेवामार्फत इन्टरनेट चलाउने ग्राहकको संख्या एक लाख ३६ हजार रहेको छ। टेलिकमले एक वर्षअघिदेखि सीडीएमए प्रविधिमा आधारित इन्टरनेट सेवाको स्तरोन्नती गरेर इभीडीओ चलाएको हो।
टेलिकमले अहिले तीन महिनासम्मका लागि तीन गिगाबाइट(जीबी) डाटा प्याकेज सहितको डंगोल बन्डलिङलाई दुई हजार चार सय रुपैयाँमा उपलब्ध गराउदै आएको छ।
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...