Skip to main content

बाबुराम बहिर्गमनको अर्थ


पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी छाडेपछि धेरैखाले अड्कलबाजी चलिरहेका छन् । सबैका आफ्नै आफ्नै विश्लेषण छन् । हेराई र दृष्टिकोण फरक हुनु स्वभाविकै हो । 

बाबुरामको बहिर्गमनको पछाडी पार्टीभित्रको असन्तुष्टिको भूमिका छ या अरु केही? भविश्यमा जनताले स्वतः अनुभुत गर्लान् । तर, राजनीतिक संयोगहरुले भने बाबुरामको बहिर्गमनमा पार्टीभित्रको आन्तरिक कारणभन्दा भन्दा अन्य कुरालाई नै संकेत गरिरहेका छन् । हामीले एकपटक पछाडी फर्केर हेर्ने हो भने, कटुवाल प्रकरणपछि मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार बाहिरिदाका बखत पनि यस्तै राजनीतिक संयोग जुरेका थिए । 

उसबेला फोरमबाट गच्छदार बाहिरिदा मुलुकलाई जति घाटा भएको थियो, बाबुराम बहिर्गमनले भने त्यसकोभन्दा धेरै गुणा ठूलो घाटा लगाउने संकेतहरु देखिएका छन् । संविधानसभाबाट संविधान पारित हुदाका बखतसम्म जसरी पनि संविधान ल्याएरै छाड्ने संकल्प देखाएका बाबुराम किन एकाएक पार्टीबाटै बाहिरिए? वास्तविक उत्तर स्वयं बाबुराम बाहेक अरुलाई थाहा छैन । तर, नेपालमा देखिएका पछिल्ला घटनाक्रम, तिनमा भारतको भूमिका र बाबुरामको बहिर्गमन संयोग मात्र हुन् भन्न सकिदैन । 

बाबुरामले जत्तिसुकै आफूलाई भारतमा अध्ययन गरेकै आधारमा भारतपरस्तको आरोप लगाइएको दाबी गरेपनि उनका धेरै गतिविधीले त्यसलाई खारेज गर्छन् । उनको एकाएकको बहिर्गमन र केहीदिन अघिसम्मका अभिव्यक्ति केलाउदा जो सुकैले उनी ‘यू टर्न’ भएको स्पष्टरुपमा चाल पाउछन् । संविधान पारित हुने बखतसम्म उनी ‘बुद्धिमानले पूरै गुम्न लाग्दा आधा भएपनि बचाउनु पर्छ’ भन्दै अभिव्यक्ति दिदै थिए । जब भारतीय विदेश सचिव काठमाडौं आर्लिए बाबुरामको बोलि फेरियो । उनी आफै सक्रिय भएर पारित भएको संविधानको विरोधमा उत्रिए । संविधानको स्वागत भइरहदा उनी भने बिरामीको बहानामा बहिर्गमनको खाका कोर्दै थिए । 

हामीले अनुभव गरेका छौ, हाम्रा नेताहरु बोली फेर्न सिपालु छन् । तर, आफै सक्रिय भएर पास गराएको संविधानको विरोध गर्दै बाबुरामले फेरेको बोली नेपाली नेताको आम आचरणभन्दा भिन्न देखिएको छ । कसैले पनि आफैले जन्माएको छोराछोरीको स्वामित्व ग्रहण नगरि हिड्दैन । तर, बाबुराम आफैले जन्माएको छोराछोरीजस्तै संविधानको स्वामित्व ग्रहण गरिरहेका छैनन् । त्यसका पछाडी पार्टीको आन्तरिक कलह वा थारु–मधेसीको मागप्रति उनको लगाव मात्र कारक छैनन् । 

बाबुरामले आफूलाई जति नै राष्ट्रवादी देखाएपनि उनले केही समयअघि दिल्लीमा आएर देखाएको गैरकुटनीतिक चरित्रले उनको भारतभक्ति प्रष्ट भइसकेको छ । दिल्ली दौडाहपछि भएको आलोचनाको खण्डन गर्दै भट्टराईले उनी निकट भनेर चिनिएको एउटा अनलाइनमा लेख लेखे । त्यसमा उनले नेपाललाई भारतले खासै महत्व नदिने र भारत बढी आफ्नो व्यापार हुने विकसित मुलुकतर्फ केन्द्रित भएकाले दाबी गरेका थिए । उनले भारत अन्यन्त्र केन्द्रित भएको र विश्वको एउटा उदयीमान शक्ति भएकाले आफूले त्यसलाई नेपालतर्फ पनि ध्यान दिन झक्झक्याएको भन्ने आसय व्यक्त गरेका थिए । 

अहिलेको घटनाक्रमले उनले भारतको ध्यान सकारात्मक कार्य र नेपालको राष्ट्रिय स्वाभिमान उचो पार्न होइन गिराउनलाई चाही नेपालतर्फ तान्ने कोशिस पो गरेका थिए कि? भन्ने प्रश्न उब्जाएका छन् । बाबुरामले आफू प्रधानमन्त्री हुदा र उनकी पत्नी हिसिला यमी पर्यटन मन्त्री हुदा गरिएका केही निर्णय गम्भिर तर धेरैले ‘नोटिस’ नगरिएका खालका छन् । 

बाबुरामको पालामा गरिएको ‘बिप्पा’ सम्झौताले नेपालमा कत्ति लगानी भित्र्यायो त्यो उद्योग विभागको तथ्याङ्क हेरे थाहा हुन्छ । नेपालमा भारतीय लगानी भित्र्याउन ‘बिप्पा’ले कुनै सहयोग गरेको छैन । उल्टो केही भारतीय कम्पनीले अनुमति पाएका छन्, जसले यो वा त्यो बहानामा योजना पुरा नगरेर भविष्यमा नेपालस“ग हर्जना माग्ने छन् । त्यसको उदाहरणकोरुपमा जीएमआर नामक कम्पनीलाई लिन सकिन्छ । जसले माल्दिभ्सको राजधानी मालेमा विमानस्थल बनाउने भनेर अनुमति लिएपनि विभिन्न बहानमा नबनाएपछि माल्दिभ्सले इजाजत रद्द गर्यो । जसका विरुद्ध जीएमआरले माल्दिभ्सस“ग हर्जना माग गरिरहेको छ । त्यसले भारत र माल्दिभ्सको सम्बन्धमा चिसोपन समेत ल्याएको छ । 

उनलको पालामा गरिएको ‘बिप्पा’ सम्झौताका आधारमा कतिवटा भारतीय कम्पनीले नेपालस“ग हर्जना माग्ने हुन् अबको दुई–चार वर्षमा धेरैले थाह पाउ“नेछन् । बाबुरामकै पालामा हो भारतीय दूतावासले सिधै ५ करोड रुपैया“सम्म गा“उ–गा“उमा दिन पाउने व्यवस्था गरिएको । त्यसका लागि दूतावासले अर्थमन्त्रालय वा समाज कल्याण परिषद्लाई समेत जानकारी गराउनु पर्दैन । 

धेरैलाई लाग्दो हो, गा“उमा सिधै पैसा जादैमा के हुन्छ र? झन विकास नै हुन्छ । त्यसरी सिधैं पैसा तल्लो तहमा जान पाउने भएपछि के हुन्छ, त्यसको प्रारम्भिक संकेत सार्क सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर भएको आन्दोलन हेरे पुग्छ । जनकपुरमा मोदी नजाने भएपछि भएको हुलदंगा र तोडफोड त्यत्तिकै भएको थिएन । भारतीय दूतावासको नुन खाएकाहरुले नुनको सोझो गर्न आन्दोलन गरेर नेपाललाई नै पंगु बनाएका थिए । 

बाबुराम पत्नी हिसिला पर्यटनमन्त्री भएका बखत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय ‘एयर मार्सल’ राख्न दिने गरि गरिएको प्रस्ताव पारित हुन सकेन । तर, त्यसले बाबुरामको भारतभक्ति उनकी पत्निमार्फत पनि झल्काउ“छ । अहिले बाबुरामको बहिर्गमनका पछाडी भारतीय हात छैन भन्ने आधारहरु एकदमै कम छन् । उनले जति राष्ट्रियताका कुरा गरेपनि उनको व्यवहारले भारतभक्ति देखाइरहेकै छन् । 

बाबुरामको बहिर्गमनलाई भारतले विगतमा अपनाएका विभिन्न हत्कण्डास“ग तुलना गरेर हेर्ने हो भने धेरै कुरा प्रस्ट हुन्छ । चाहे स्वतन्त्रताको लगत्तै पछि जम्मु कस्मिरलाई भारतमा समायोजन गराउने गरिएको राजनैतिक चालबाजी होस् या सिक्किमलाई गाभ्न गरिएको प्रपन्च एवं भुटानमा गरिदै आएको हस्तक्षेप । नेपालमै पनि २००७ सालदेखि २०१७ सालसम्मको इतिहास हेर्दा भारतले नेपालको सिक्किमीकरण गर्न खेलेको भूमीका प्रष्टै देखिन्छ । 

बेलायती उपनिवेशका बेला ‘प्रिन्स्ली स्टेट’ रहेको जम्मु कस्मिर कसरी भारतमा गाभियो? धेरैलाई लाग्छ, महाराजा हरि सिंहले स्वतः स्फूर्त भारतमा गाभिने निर्णय गरेकाले जम्मु कस्मिर भारतको हिस्सा बन्यो । तर, इतिहासको तथ्य भने बेक्लै छ । अन्तिम अवस्थासम्म पनि महाराजा कस्मिरलाई भारत वा पाकिस्तानमा नगाभ्ने पक्षमा थिए । सन् १९४७ को अक्टोबरमा लर्ड माउन्टब्याटन महाराजालाई भेट्न आए । उनी त्यसबेलासम्म ‘ब्रिटिस इन्डिया’ (भारत र पाकिस्ता दुवै)का प्रमुख थिए । उनले महाराजालाई भारतमा गाभिन सुझाए । महाराजाले भारतमा गाभिन अस्वीकार गरेका थिए । माउन्टब्याटन कस्मिरबाट फर्कने दिन बिहान महाराजाले अन्तिम छलफल गरेर भारतमा गाभिने निर्णय दिने बताएका थिए । त्यहि विश्वासमा माउन्टब्याटन महाराजाको दरबार पुगे तर महाराजाले उनलाई बिरामीको बहाना गरि फिर्ता पठाइदिए । (पत्रकार शेखर गुप्ताले भारतीय च्यानल एबिपी न्यूजमा चलाएको ‘प्रधानमन्त्री’ कार्यक्रममा पनि यो विवरण प्रस्तुत गरेका थिए।)

आफूलाई अपमान गरि फिर्ता पठाएको र महाराजा भारतमा समाहित हुन तयार नरहेको माउन्टब्याटनले नेहरुलाई सुनाए । नेहरुले बल्लभभाई पटेल सहित बैठक गरेर राजा विरुद्ध कस्मिरका त्यसबेलाका लोकप्रिय नेता शेख अब्दुल्लाह (फारुक अब्दुल्लाहका पिता)लाई प्रयोग गर्ने निर्णय गरे । अब्दुल्लाह कस्मिरमा त्यसबेला लोकप्रिय थिए, उनले राजाविरुद्ध लोकतन्त्रका लागि आन्दोलन चलाएका थिए । ‘भारत छोडो’ आन्दोलनका बेलमा ‘प्रिन्स्ली स्टेट’हरुमा भइरहेका आन्दोलनस“ग सहकार्य गर्ने क्रममा नेहरु अब्दुल्लाहस“ग निकट भइसकेका थिए । 

नेहरु र माउन्टब्याटनले महाराजालाई तह लगाउन अब्दुलाहलाई प्रयोग गर्ने निर्णय गरे । त्यसै बखत पाकिस्तानी भू–भागबाट केही आदीबासीले जम्मु कस्मिरको भाग कब्जा गर्न थाले । त्यसलाई नियन्त्रण गर्न महाराजाले सकेनन् । उनले बाध्य भएर अक्टोबर २६ मा भारतमा समाहित हुने निर्णय गरे । सबैभन्दा रोचक कुरो के छ भने, जम्मु कस्मिरका भूभाग कब्जा गर्न आउने आदीबासीको समूहलाई पाकिस्तानी सेनाले हतियार उपलब्ध गराएको थियो । तर, पाकिस्तानी सेनाका प्रमुख पनि त्यस बखतसमम माउन्टब्याटनकै मातहतमा थिए । उनको अनुमति विना पाकिस्तानी सेनाले कुनै निर्णय गर्न पाउदैन थियो । 

जब जम्मु कस्मिर भारतमा समाहित हुने निर्णय भयो, नेहरुले अब्दुल्लाहलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन महाराजालाई पत्राचार गरे । (हेर्नुहोस्–प्राण सेठको ‘लाहोर टु दिल्लीः राइजिङ फ्रर्म द आसेस’ः च्याप्टर १२) तर, भारतले पनि जम्मु–कस्मिरको सबै भूभाग आफ्नो बनाउन सकेन । अन्ततः यही विवादका कारण लगतै भारत र पाकिस्तानबिच पहिलो युद्ध हुन पुग्यो ।  

पछि अब्दुल्लाहलाई पनि नेहरुले नै सन् १९५३ मा विना कारण पक्राउ गरेर थुने र कस्मिरलाई दिइएको धेरै स्वायत्तता व्यवहारिकरुपमा खोसियो । कस्मिरी इतिहासको यो घटनाले भारतले कुनै भूभाग कब्जा गर्न कसरी त्यहीका लोकप्रिय नेतालाई प्रयोग गर्न भन्ने देखाउ“छ । 

सन् १९७५ मा सिक्किम भारतमा गाभिदा को अवस्था पनि कुनै भिन्न छैन । सिक्किमलाई भारतमा गाभ्न पनि इन्दिरा गान्धीले त्यहाको लोकतान्त्रिक शक्तिलाई प्रयोग गरेकी थिइन् । सिक्किमका जनताले त्यहाको राजतन्त्र फाल्न चाहेका थिए । तर, इन्दिरा गान्धीले कसरी त्यसलाई उपयोग गरिन र त्यहाका लोकप्रिय नेता लेन्डुप दोर्जेले कस्तो भूमिका खेले धेरै नेपालीलाई थाहा भएकै कुरा हो । 

कस्मिर र सिक्किमलाई गाभ्न त्यहीको परम्परागत शक्ति र नया“ शक्तिलाई जुधाएर सफलता पाएको भारतले त्यही ‘फर्मुला’ भुटानमा पनि प्रयोग गर्ने डरले त्यहाका राजाले लोकतन्त्र खोसेका थिए । उनले लोकतन्त्रको माग गर्ने नेपाली समुदायका भुटानीलाई देश निकाला नै गरे । कस्मिर र सिक्किममा भारतले अपनाएको रणनीतिमा खासै भिन्नता छैन । तर, बदलिदो अन्तर्राष्ट्रिय परिस्थितीका कारण सिक्किममा जनमतसंग्रहको नाटक गरिएको थियो भने कस्मिर जनताले त्यो अवसर पनि पाएनन् । 

आज नेपालको परिस्थिती ६६ वर्ष अगाडीको कस्मिर र ४० वर्ष अगाडीको सिक्किमको जस्तै भएको छ । यस बखत पनि भारतले त्यही ‘फर्मुला’ प्रयोग गर्दैन भन्ने छैन । घटनाका संयोगहरुले त्यसैलाई संकेत गरिरहेका छन् । धेरैले सोच्छन्, आजको अन्तर्राष्ट्रिय परिस्थितीमा भारतले कस्मिर र सिक्किम लिए जसरी नेपालको कुनै भूभाग लिन सक्दैन । पक्कै पनि भारतले हिजो कस्मिर लिए जसरी सिक्किम समेत लिन सकेको थिएन तर लिई छाड्यो । त्यसका निम्ति नेहरुले स्वतन्त्रता लगतै त्यसको बिउ रोप्न सुरु गरेका थिए । 

नेपालमा पनि त्यस्तै बिउ धेरै रोपि सकिएको छ । अब भारतले त्यसलाई हुर्काई रहेको छ । आज उपेन्द्र यादव र बाबुराम भट्टराईहरु शेख अब्दुल्ला र लेन्डुप दोर्जेको भुमिकामा छन् । तराईको समस्या बढाएर छुट्टै मुलुकको माग गर्ने वातावरण बनाउने, त्यसपछि जनमतसंग्रहको नाटक गरेर भारतमा गाभिने ‘मास्टर प्लान’ बनेको छैन भन्ने आधार कम छन् । सोही ‘मास्टर प्लान’ अनुसार बाबुरामले पार्टी छाडेका हुन् भन्ने बुझ्न कुनै सचेत नेपालीलाई गाह्रो छैन । 

आजको विश्व परिवेशमा भू–भागै कब्जा गर्न सक्दैन भन्नेहरुले पनि दुई वर्ष अघि रसियाले युक्रेनको क्रिमिया लिएको उदाहरण हेरे पुग्छ । त्यहा पनि क्रिमियाका जनताले जनमतसंग्रहमार्फत नै रसियामा समायोजित हुने निर्णय गरेका हुन् भनिएको छ । भोली तराईमा त्यस्तै माग उठाउइयो भने भारतमा गाभिने निर्णय गर्ने बहुमतमा हुदैन भनेर कसैले भन्न सक्दैन । बाबुराम त्यसरी भारतमा नेपालको भूभाग गाभिएर बनेको ३० औ भारतीय राज्यको शेख अब्दुल्लाह वा लेन्डुप दोर्जेको लाइनमा लागेका हैनन् भन्ने आधार कमै छन् ।  

Comments

Post a Comment

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु