Skip to main content

निबन्ध

मृत्युपत्र 
 विष्णु पोखरेल 

यो पत्र होइन । मृत्युपत्र हो । कसैलाई बकपत्र लाग्ला । कसैलाई जीवनको छोडपत्र । पत्र त पत्रै हो–मृत्युलाप पत्र । जीवनगमनपत्र । परमधामपत्र । मरण–चरणपत्र । हुनसक्छ कसैका लागि–पतित पत्र । खलपत्र । हारपत्र । अनि केहीका लागि अलमलपत्र । 
जब माओको मस्तिष्कबाट मोहम्मद बोल्छु । मलाई नै थाहा हुदैन–म मर्दैछु । सीताको राज्यमा बसेर रावणले हरण गरेको सोच्छु र विभिषण बन्ने प्रयत्न गर्छु । बरा फ्रायड जिउदै हुदाहुन्–तिनको बुता के चल्थ्यो? मेरो मस्तिष्को कोर्टेक्सलाई कोट्याउने? हुन पनि हो, सीताहरण त वनबासमा पो हुन्छ । जब सुसुम्नाले सन्देश दिन्छ–मुहारमा कान्ती हराउ“छ । मन एकतमासे बन्दै डराउ“छ । थाम्दाथाम्दै थाप्लोबाट चिसिदै गएको संवेदनाले नाभी कमाउ“छ । खै, जत्ति नाभी काम्दापनि लोकलाजको डर भने छैन । होस् पनि किन? जबसम्म दिमाग ठेगानमा हुन्छ, तबसम्म पो लोकलाज? मुटुको चाललाई धामीको ड्याङ्ग्रो ठान्ने भएपछि, मस्तिष्कले कसरी जानोस् लाजको लवज? बिचरो धमिराले मक्काएको ढोड भइसक्यो । 
अ‍‍‍.......अगि के पो भन्दै थिए? ए ए ‘पत्र’ । हो त बाबै, यो मेरो मृत्युपत्र हो । लोकले देखेकै छन्–बस्ने घर नै भूइचालोले भत्काइसक्यो । भग्नावशेषमा प्राविधिकले रातो स्टिकर टासेको छ । अब फाटेका भित्ताभित्र रतौली खेल्न भएन? न त स्वास्नीको साडीमा लुकेर गोप्य आम्दानीको हिसाबकिताब नै गर्न सक्छु? आखिर नाउ“को अगाडी महापदवी र गा“उको अगाडी लावालस्कर लगाएकै छु । विभिषण बन्ने खबर मध्य कलियुगको नरभक्षी रामकहा“ पठाएकै छु । रातो स्टिकरधारी भग्नावशेषमा बसेर के हुने? मेरा निम्तिी मध्यदेशतिर बाटो खुल्ला छ । तपाइहरुलाई थाहै छ–कान्तिपुरी त भूइचालोपछि धुल्लामधुल छ । 
हुन त यो कलियुग हो । तैपनि शब्दमा त सत्यवादी बन्नै पर्छ । सत्य बोल्ने हरिश्चन्द्रको सत्यसगैं हार भयो । युधिष्ठिरले असत्य बोलेरै द्रोर्णाचार्यको प्राण गयो । वैश्विकरणमा सत्यवादी विज्ञापनले व्यापार डुबाउ“छ । आखिर मैले पनि व्यापार नै गरेको हो । हुन त व्यापारभन्दा चाडो नाफा दिने जुवै खेलेको हो । अब जुवाको खालमा छक्का मार्ने अर्को, च्याखे थाप्ने म त सुहाएन महोदय । बरु विभिषणपथमा लागेर चक्मा खुवाउदै तक्मा पड्काउन पाइएला की भन्ने आशा जागृत भएको छ । मैले गुरु त पश्चिमतिरका माक्र्स बाजेलाई माने । राम चाही ‘पिताम्बर’धारी दक्षिणतिरका ‘न’ बाट नाम र ‘म’बाट थर हुने ढेडुफूलेलाई मान्या छु । अब तिन्का हनुमानले विभिषणको भुमिका निभाउन र एकांकीलाई पूर्णकींमा परिणत गर्न आदेश दिएपछि आज्ञा शिरोपर त गर्नैपर्यो । ‘जो आज्ञा प्रभु’ नगर्दा जुवाको खालमा छिरेर छक्का मार्न पाइने त हैन । च्याखे थाप्न पनि नपाइएला भन्ने पो भइसक्या थियो त । 

बेला अनुसार बोली फेर्न मलाई कुनै माइकालालले सिकाउनु पर्दैन । कस्लाई पो थाहा छैन र? रावणलाई सिध्याएपछि लंकाको राजा बनाउन अरुलाई झिकाउनु पर्दैन । राक्षस कुलमा जन्मेर रामका बादरको बथानमा बस्न थालेपछि मर्यादापुरुषोत्तमले मर्यादा नाधेरै भएपनि मुकुट पहिर्याइदिहाल्छन् । कत्तिले सुझाए–कुम्भकर्ण जस्तै सुत तर ‘पिताम्बर प्रभु’का चरणमा नजाउ । मलाई त्यत्ति मुर्ख ठान्नेहरु आफै मुर्ख हुन्–कालिदास जस्तै । मेरो महापद्वी हेरेर पनि तिन्लाई पत्तो हुनुपर्ने–म तिन्का ड्याङको मूला होइन । आजभन्दा दुई बिस वर्षअघि यो ‘पहाडी सर्वसत्तावादी गोर्खाली साम्राज्य’भरीका ठिठा–ठिटीलाई पछारेर ‘बुर्जुवा’ विद्यामा पहिलो पो भैखाको थिए त । 
हुनत फ्रान्स तिरको भेल्टायर भन्नेले साच्चै भन्या रैछन्–‘सामान्यबोध त्यत्तिधेरै सुलभ हुदैन’ । र त मान्छेहरु बुझ्दैनन् । कुरोको चुरो साह्रै सामान्य छ । तैपनि मलाई आरोपित गर्नेगरि लेखिदिन्छन् । बोलिदिन्छन् । अब सामान्यबोधलाई लेखेर प्रचार गरिरहनुपर्ने कुरा हो र? विभिषणले बाटो नदेखाइदिएको भए, राम–सेतु बन्थ्यो र? राम–सेतु नबन्या भए, रामसेना लंका पुग्थे र? पुगेरमात्र के गर्नु? इन्द्रजीतको अमरत्वको र रावणको नाभीको अमृत बारे कसले भनिदिन्थ्यो । त्यत्तिका गुन लगाएपछि त विभिषणले बाजी मारे । मैलपनि ऋषिमनको आशिस दिन आएका दामोदरजीलाई खुशी पार्न पहिलैदेखि तपस्या गरेकै थिए । धेरैलाई मार्का पर्ला भन्ने भन्दा पनि, आफैलाई कति सर पर्छ भनेर न हेर्ने हो । त्यसमा हामी पति–पत्नीको उत्तिकै जोडबल हुने नै भयो । अलि मेरी मायालु सीता जत्तिको शान्त छैनन् । त्यसैले त लंका जल्नु पहिल्यै रावणहरुलाई पत्ता लागिहाल्यो हनुमानको पुच्चरमा आगो लाउनु हुन्न भनेर । अब राम राज्यबाट फर्मान आएपछि टार्ने कुरो हुन्थेन । विचरा दिन्छु भन्दा पनि राम्ररी दिन पाइरहेका थिएनन् । मैले एक्कासी तीनको पा“च दिनमिल्ने बनाइदिए । 
अब उनीहरुल जहा मन लाग्यो, जस्लाई मन लाग्यो दिन पाउ“छन् । न कुनै मुन्सीखानाले खोज्छ, न बहिखातामा नै विवरण हुन्छ । बढो आनन्द मानेर लामै सास फेरेका थिए उसबखत । जब मैले तीनको पाच बनाइदिए । सामान्यबोध गर्न नसक्नेलाई जानकारी दिइहालौ–जुनबेला मैले सत्ता जुवाको छक्का हान्या थिए । गज्ज्बको ज्वाई सम्मान पाउने सन्धि गरिदिए । तिम्रा भाईभारदारका कम्पनीलाई हाम्रामा पठाउ, कमाउ लैजाउ, कसैले छिस्स केही गरे हामी राज्यको ढुकुटीबाट मानोचामल भरिदिन्छौ । दुःखको कुरो, खासै ज्वाई बन्न भने सकेका छैनन् । अब पतिको प्रगतिका लागि पत्नीले पनि धर्म निभाउनै पर्यो । उनीले पनि आट्न त आटेकी थिइन्–एकमात्र अन्तर्राष्ट्रिय जहाज अवतरण कक्षमा मेरा रामजीका सेनालाई सुरक्षामा तैनाथ गर्ने । रावणहरु जिउदै भएपछि कसरी सम्भव हुन्थ्यो? बिचरी अहिले पनि सुस्ताउछिन्–रावणहरुलाई जित्न नसकेकोमा । 
 अब हाम्रो रामराज्यसगको विशेष सम्बन्ध नबुझ्नेले मेरो मृत्युपत्रलाई कसरी बुझ्लान्? बुद्धुहरुको माझमा एउटा विद्वानको काम रहेनछ । विचरा मिसेल फुको र ज्याकब डेरिडाम पनि ‘विनिर्माण’को फुई लाउ“छन् । अब मेरो मृत्युपत्रको यत्ति साधारण कुरोको सामान्यबोध गर्न नसक्नेले कसरी ‘विनिर्माण’ गर्दै उत्तरसंरचनाका आयामको मेलो पाउलान्? एकान्तमा एकोहोरिएर एकांकीलाई पूर्णकीं बनाउन गम्दै गर्दा एक्कासी ऐरावत हात्तिको याद आयो । 
इन्द्रको बगैचाका फूलको वास्ना आयो अनि वरिवरी अप्सरा । तर, मृत्युपत्रमा हस्ताक्षर गरेपछि यो वैभव पाइएला त? धेरैले त यही प्रश्न तेर्साउछन्, आजभोली । तर, तिन्लाई के थाह म स्टालिनलाई गाली गर्दै तिनैको शैली अपनाउछु भन्ने । वाद र सिद्धान्तभित्र लुकेर बसेका समानान्तर अर्थ खोज्नुपर्छ भन्ने उत्तरआधुनिक विचार पनि कम महत्वपूर्ण छैन भन्ने बुझ्न नसक्नेले कसरी माक्र्सवाद थाम्ला? भन्ने सोच्छु । तर, म हुदाहुदै अरु मुसाहरुले के खान जोरी खोज्नु भन्ने पनि लाग्छ । 
आखिर जे जे वादका कुरा गरेपनि मुखमा माड लाउनै पर्छ । रुखको जरै उखेलेर फाल्छु भनेपनि, हुर्केको रुखको छहारीमा बस्न छाडेर को विरुवा रोप्दै हिड्छ? मृत्युपत्र भन्दैमा तपाइले मेरो मलामी जानुपर्दैन । खासमा माथी उल्लेख गर्नै छुटेछ–यो मेरो होइन, मुलुकको मृत्युपत्र हो । मुलुकको मृत्युपत्रमा हस्ताक्षर गर्न मलाई खासै पश्चाताप छैन । आखिर आफ्नो कुललाई भुस्याहा कुकुर ठानेपछि सजिलै हुने रहेछ । कुकुरको इच्छा त त्यही जुठो हाड न हो । हाड त मासु खाइसकेर न फाल्ने हो, हाडका लागि सिंङ्गै खसी जोहो गरिरहनु पर्छ भन्ने के छ र? टुक्रा पारेर अर्काले मासुर खाएर फालिदिएपनि हुन्छ नी । मलाई आखिर जुवाको खालमा बस्नुभन्दा इकवाल अहमेदले दोस्रो विश्वयुद्धपछिको अमेरिकालाई दिएको उपमा ‘क्विन अफ दी रुइन्स्’ मै रमाउनु छ ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु