Skip to main content

सूचना प्रविधिका दक्ष भटाभट पलायन


कप्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको महासचिव भइसकेका अमृत पन्तले करिब एक वर्षअघि नेपाल छाडे । सूचना(प्रविधि कन्सल्ट्यान्सी नामक कम्पनी चलाएर एक दर्जन प्राविधिकलाई रोजगारी दिइरहेका उनी न्यूजिल्यान्डमा छन् ।
श्रीमतीसहित विदेसिएका पन्त तत्कालै फर्कने सोचमा छैनन् । ‘नेपालमा अवसरै नभएर यता आएको त हैन,’ शुक्रबार फोनमा उनले भने, ‘पारिवारिक कारणसँगै नयाँ अवसरका लागि पनि आइयो ।’ अध्ययन सकेर उतै आफ्नै व्यवसाय गर्ने वा जागिर खाने सोच बनाएका पन्त आगामी पाँच/सात वर्ष यता आउने छैनन् ।
क्यानकै द्वितिय उपाध्यक्ष भइसकेका नारायण न्यौपानेले पनि गत साता नेपाल छाडेका छन् । उनले राजधानीका विभिन्न सूचना(प्रविधि सम्बन्धी कम्पनीमा काम गरेका थिए ।
केही सफ्टवेयर कम्पनीमा लगानीसमेत थियो उनको । उनी अमेरिकामा स्थायी बसोबासका लागि गएका हुन् । अमेरिकामै बस्ने उद्देश्यले गएका हुँदा उनको नेपाल फर्कने सम्भावन एकदमै न्यून रहेको निकट व्यवसायीहरु बताउछन् ।
सूचना प्रविधिलाई बढ्ता अवसर भएको क्षेत्र मानिन्छ । कमाइ पनि यसमा राम्रो छ । तर, यही क्षेत्रका अग्रणीहरू क्रमश: विदेश पलायन भइरहेका छन् । त्यो संख्या बढो छ ।
सूचना र सञ्चार प्रविधि समाज नेपालका अध्यक्ष दामोदर पौडेलका अनुसार यस क्षेत्रमा वर्षेर्नी तीन देखि पाँच हजार जनासम्म दक्ष जनशक्ति उत्पादन हुने गरेका छन् ।

तिनमा कम्प्युटर इन्जिनियरिङसहित स्नातक तहका विभिन्न सूचना(प्रविधि अध्ययन पुरा गरेका पर्छन् । ‘हामीले गरेको अध्ययन अनुसार सूचना(प्रविधिका विषयमा स्नातकको सक्ने बित्तिकै ३० देखि ४० प्रतिशत जनशक्ति विदेशिने गरेका छन्,’ उनले भने, ‘नेपालमा बसेकामध्ये पनि केही वर्षको अनुभव लिएर जानेको संख्या धेरै छ ।’
पौडेलका अनुसार विदेश गइसकेपछि स्वदेश फर्कनेको संख्या भने निक्कै कम छ । कतिपयले नेपालको राजनीतिक अवस्थामा सुधार भए, आउने इच्छा देखाउने गरेका छन् । ‘सिलिकन भ्यालीमा कम्पनी खोलेरै बस्ने नेपाली पनि छन्,’ उनले भने, ‘उनीहरुसँग कुरा हुँदा नेपालको अवस्था सुधार भए आएर काम गर्ने इच्छा देखाउछन् ।’
विदेसिनुको मुख्य कारणमा देशको राजनीतिक अवस्थाले व्यवसायीलाई लगानी जोगाउनै गाह्रो पर्नु मुख्य हो । ‘अहिले यहाँको अवस्था एकदमै खराब छ,’ क्यान महासंघका अध्यक्ष विनोद ढकालले भने, ‘लगानी गर्नेले उच्च प्रतिफल खोज्छन्, जता अवसर राम्रो हुन्छ उतै जानु स्वाभाविक हो ।’
उनले गतवर्षको भूइचालो र नाकाबन्दीले गर्दा यस क्षेत्रका धेरै व्यवसायीलाई र जनशक्तिलाई हतोत्साही बनाएको बताए । ‘दक्ष जनशक्तिले एक(दुई वर्षको अनुभव हासिल गरेपछि सिधैं विकसित मुलुकमा आवेदन भरेर जाने गरेका छन्,’ उनले भने, ‘यसलाई कम गर्न हामीले नेपालमै उपयुक्त अवसर दिलाउन सक्नुपर्छ ।’
त्यसो त महत्वकांक्षाले विदेशिनेको संख्यासमेत बढेको एफवानसफ्टका अध्यक्ष विश्वास ढकालको अनुभव छ । ‘यहाँ अवसरै छैन भन्ने होइन,’ उनले भने, ‘आइटी प्रोफेसनलले कम्तिमा मासिक ५० हजारदेखि तीन/चार लाखसम्म आम्दानी गरिरहेका छन् ।’ तर, धेरैजसोले त्यसलाई विकसित मुलुकको कमाइसँग तुलना गर्ने गरेकाले पलायन हुने क्रम बढेको उनले बताए ।
युरोप(अमेरिकामा रोजगारीको अवसर राम्रो छ । ‘धेरैले उता गएर पनि सूचना प्रविधिसम्बन्धी काम नै गर्ने गरेका छन्,’ क्यान महासंघका पूर्व अध्यक्ष विप्लपमान सिंह भन्छन्, ‘यसले गर्दा पनि धेरै विदेश जाने गरेका हुन् ।’ उनी भने सूचना(प्रविधि क्षेत्रको जनशक्ति विदेशिनुलाई नराम्रो मान्दैनन् ।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...