Skip to main content

घरजग्गामा नाकाबन्दीको असर परेन

भूकम्प र त्यसपछिको नाकाबन्दीले कृषि, उत्पादनमूलक क्षेत्र लगायतमा नकारात्मक असर परे पनि घरगग्गा कारोबारमा भने ठूलो असर परेन ।
सरकारले कारोबारबाट असुल गर्ने राजस्वलाई आधार मान्ने हो भने खासै कमी नआएको देखिएको हो । मुलुकको अर्थतन्त्र ० दशमलव ७७ प्रतिशतमा सीमित हुँदा घरजग्गाबाट उठ्ने राजस्व जम्मा १० प्रतिशतले घटेको छ ।
यस वर्षको चैतसम्ममा घरजग्गाको कारोबारबापत उठ्ने राजस्व ८ अर्ब ३ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा ८ अर्ब ९४ करोड राजस्व उठेको थियो । नाकाबन्दीको समय कात्तिक र मंसिर महिनामा कारोबार कम भए पनि अन्य महिना गत वर्षकै हाराहारी वा बढी राजस्व असुली भएको छ ।
नाकाबन्दीको अन्त्यसँगै सबैजसो सहरी क्षेत्रमा घरजग्गा कारोबारले थप गति लिएको छ । ‘तीन–चार महिनादेखि भने पहिलेको गतिमा फर्कन खोज्दै छ,’ त्रिवेणी बिल्डर्स आवास कम्पनीका सञ्चालक रामचन्द्र अधिकारीले भने, ‘अहिले भाउ पनि बढिरहेको छ ।’
व्यवसायीका अनुसार जग्गाको भाउ दोब्बर भएको छ । नेपाल आवास तथा घरजग्गा व्यवसायी संघका महासचिव मीनमान श्रेष्ठले राजस्व भने जग्गाको सरकारी मूल्यांकन वृद्धि भएकाले धेरै देखिएको बताए । गत वर्षको बजेटमार्फत जग्गाको सरकारी मूल्यांकन बढेको थियो ।
यसले गर्दा राजस्वमा खासै असर नपरेको श्रेष्ठको भनाइ छ । उपत्यकाभित्र माघ–फागुनदेखि कारोबार बढ्न थालेको उनले जानकारी दिए । ‘जग्गाको कारोबार बढ्न थालेको हो,’ उनले भने, ‘अर्पाटमेन्ट र घरको बिक्री भने खासै भएको छैन ।’
 व्यवसायीले भूकम्प पछि अपार्टमेन्टको बिक्री सुरु नभएको जानकारी दिए । ‘अपार्टमेन्टको बिक्री कसैले पनि सुरु गरेकै छैनन्,’ उनले भने, ‘कतिपय मर्मत गर्दै छन्, निर्माण रोकेकाले फेरि सुरु गर्दै छन् ।’

गत वर्षको भुइँचालोपछि भदौ र असोजमा घरजग्गा कारोबारमा सुधार देखिएको थियो । संविधान जारी भएपछि तराईमा मालपोत कार्यालय खुल्न नसक्दा कारोबार पूर्ण रूपमा ठप्प भएको थियो ।
‘तराईमा कार्यालय खुलेपछि भने जग्गाको कारोबार बढेको देखिएको छ,’ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले भने, ‘उपत्यकामा पनि अहिले कारोबार निकै बढेको छ ।’
भुइँचालोपछि जग्गा खरिद गर्नेले क्षेत्र फल बढाएर किन्न थालेका छन् । ‘पहिले साढे दुईदेखि तीन आना किन्ने चलन पनि थियो,’ अधिकारीले भने, ‘अहिले भने काँठ क्षेत्रमा गएर भए पनि कम्तीमा चार आना किन्ने चलन बढेको छ ।’
उनका अनुसार काँठ क्षेत्रमा भूकम्प प्रतिरोधी सानासाना टहरा बनाउनका लागि जग्गा किन्नेको संख्या धेरै छ ।
घरजग्गाका लागि १० देखि २० लाखसम्म लगानी गर्ने क्षमता भएकाले काँठ क्षेत्र रोज्ने गरेको व्यवसायीहरू बताउँछन् । भुइँचालोपछि सरकारले ल्याएको ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२’ का कारण खरिदकर्ताले क्षेत्रफल बढाएर जग्गा किन्न थालेका हुन् ।
मापदण्डले खुला क्षेत्र, सडकको क्षेत्र एवं सडकको चौडाइलगायत विभिन्न मापदण्ड तोकेको छ । यस्ता मापदण्ड पूरा गरेर घर बनाउन पहिलेजस्तो ससाना जग्गामा सम्भव नहुने अधिकारीले बताए ।
सरकारले चालू आर्थिक वर्षमा घरजग्गामार्फत करिब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । सरकारी लक्ष्यअनुसार भने उठेको छैन ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु