Skip to main content

दैनिक ३८४ मिटर सडक

मुलुकमा दैनिक ६ सय १५ थान साना/ठूला सवारी साधन थपिन्छन्, अनि सडकचाहिँ ? तपाईंलाई लाग्दो हो, केही किलोमिटर । हैन दैनिक ३ सय ८३ मिटर मात्र कालोपत्रे सडक थपिन्छ । यो कुनै अनुमान होइन, बिहीबार सार्वजनिक आर्थिक सर्वेक्षणको वार्षिक तथ्यांक केलाउँदा निस्किएको विवरण हो ।
सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा सडक विभागमार्फत ९२ किलोमिटर मात्र कालोपत्रे सडक विस्तार भएको छ । प्रत्येक महिनालाई ३० दिनको मानेर दैनिक सडक विस्तारको तथ्यांक निकाल्दा जम्मा ३ सय ८३ मिटर मात्र सडक विस्तार भएको देखिन्छ ।
जुन गत वर्षको तुलनामा साढे ५ सय प्रतिशतले कम हो । विभागले मुख्य सडक निर्माण गर्ने गर्छ । साना र ग्रामीण तहका सडक भने स्थानीय निकायले पनि निर्माण गर्छन् ।
गत वर्षको वार्षिक तथ्यांकलाई दैनिकमा रूपान्तरण गर्ने हो भने प्रत्येक दिन डेढ किमिभन्दा बढी कालोपत्रे सडक बनेको देखिन्छ । अघिल्लो वर्ष ६ सय एक किमि कालोपत्रे सडक विस्तार भएको थियो ।

यसै अवधिमा थपिएका सवारी साधनको संख्या भने १ लाख ४७ हजार ७ सय ८२ रहेको छ । जसलाई दैनिकमा भाग लगाउने हो भने ६ सय १५ थान पर्न आउँछ ।
सर्वेक्षणको तथ्यांकले ठूलो मात्रामा सवारी साधन थपिए पनि त्यही अनुपातमा सडक नबन्ने क्रमले आर्थिक वर्ष २०७२/७३ मा समेत निरन्तरता पाएको देखाएको छ । गाडीको अनुपातमा सडक नबन्दा फराकिला सहरी सडक सवारी चापले साँघुरिएका छन् भने ग्रामीण क्षेत्रमा विकासको गति रोकिएको छ ।
यातायात पूर्वाधारलाई विकासको मेरुदण्ड मानिन्छ । तर, नेपालमा भने सवारी गुडाउन आवश्यक पर्ने सडक निर्माणले तीव्रता पाउनुको साटो घट्दै गइरहेको देखिएको छ । चालू वर्षको सडक विस्तारलाई हेर्ने हो भने दुई वर्षअघि तुलनामा ४ सय ८४ प्रतिशतले कम देखिएको छ ।
सार्वजनिक खरिद ऐनको कार्यान्वयन, समयमा अख्तियारी नपुग्ने, ठेक्कापट्टामा ढिलाइ, वातावरण प्रभाव मूल्यांकन, जग्गा प्राप्ति र रूख कटान स्वीकृतिमा अवरोधलगायत कारणले सडक विस्तार हुन नसेको सर्वेक्षणमा उल्लेख छ ।
सडक विस्तार कार्य सुस्त हुँदा यसै वर्ष अन्त्य हुने तेह्रौं योजनामा समावेश सबै जिल्ला सदरमुकाममा सडक पुर्‍याउने लक्ष्यसमेत पूरा हुन सकेन । अझै सरकारले हुम्ला र डोल्पा सदरमुकामलाई सडक सञ्जालमा जोड्न सकेको छैन ।
कालोपत्रे मात्र होइन अरू खाले सडक विस्तारसमेत कम हुँदै गएको छ । चालू आर्थिक वर्षको आठ महिनामा २ सय ७० किमि मात्र माटे सडक (नयाँ सडक) विस्तार भयो । जुन अघिल्लो वर्षकोभन्दा १ सय ४० प्रतिशतले कम हो । यो दुई वर्षअघि विस्तार भएको नयाँ सडकसँग तुलना गर्ने हो भने यो झन्डै ३ सय ४० प्रतिशतले कम हुन आउँछ ।
चालू वर्षको आठ महिनामा १ सय ३२ किमि सडक खण्डास्मितमा स्तरोन्नति भएको छ । गत वर्ष भने ४ सय १ किलोमिटर सडकलाई स्तरोन्नति गरिएको थियो । सडक निर्माण नै कम भएपछि चालू वर्षको आठ महिनामा जम्मा २४ वटा पुल मात्र निर्माण भएका छन् । गत वर्ष ७२ वटा पुल निर्माण भएका थिए ।
सर्वेक्षणअनुसार स्थानीय निकायबाट निर्माण हुने ग्रामीण सडकको विस्तार पनि घटेको छ । चालू आर्थिक वर्षको आठ महिनामा स्थानीय निकायबाट जम्मा ७२ किमि सडक कालोपत्रे भएको छ । अघिल्लो वर्ष १ हजार ६ सय ९७ किमि सडक कालोपत्रे भएको थियो ।
यसैगरी चालू वर्षको आठ महिनामा १३ किमि सडक ग्राभेल र १ सय ५३ किमि कच्ची सडक विस्तार भएको छ । गत वर्ष १२ हजार ५ सय ४८ किमि सडक ग्राभेल भएको थियो भने ३८ हजार ८ सय ९८ किमि कच्ची सडक बनेको थियो ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु