Skip to main content

१० महिनामा ३१ अर्बको अन्न आयात

  • कोदो र फापरसमेत आयात 
  • अर्थतन्त्र धरापमा पर्न सक्छ : आचार्य

धान, चामल, मकै, गहुँजस्ता अन्न किन्नका लागि १० महिनामै ३१ अर्ब रुपैयाँ बिदेसिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ६ करोड १३ लाख रुपैयाँको अन्न आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै १० प्रतिशत बढी हो । 

गत वर्ष यसै अवधिमा २८ अर्ब ४३ करोड १२ लाख ९५ हजार रुपैयाँको मात्र अन्न आयात भएको थियो । अन्नमा सबैभन्दा बढी चामल आयात हुने गरेको छ । अहिले चामलसँगै गहुँ, मकै, कोदो, फापर, जुनेलोजस्ता अन्नसमेत आयात हुन थालेका छन् । यस वर्षको १० महिनामा धान र चामल सबैभन्दा बढी आयात भएको छ । यस अवधिमा करिब साढे ४ लाख टन धान–चामल आयात भएको छ । विभागका अनुसार भारतबाट मात्र १८ अर्ब १८ करोड ३ लाख रुपैयाँ बराबरको धान र चामल आयात भएको छ । यसैगरी चीन, थाइल्यान्ड, बहराइन, अमेरिका, कोरिया, मलेसिया, जापान, इटाली, सिंगापुरलगायत मुलुकबाट समेत धान र चामल आएको विभागको तथ्यांकमा देखिन्छ । 

धान–चामलपछि सबैभन्दा धेरै आयात भएको अन्नमा मकै पर्छ । दाना उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले मकैको आयात बढेको व्यवसायीहरू बताउँछन् । चालू आर्थिक वर्षको १० महिनामा ७ अर्ब १५ करोड ९६ लाख रुपैयाँको मकै आयात भएको छ । आयात गत वर्ष ५ अर्ब २५ करोड ४० लाख ५३ रुपैयाँको मात्र मकै आयात भएको थियो । नेपालमा भारत, चीन, अर्जेटिना र ब्राजिलबाट मकै आयात भएको छ । यसैगरी गहुँको आयात पनि बढेको छ । गत वर्षको १० महिनामा १ अर्ब ६६ करोड ८० लाख रुपैयाँको गँहु आयात भएकामा चालू आर्थिक वर्षको १० महिनामा भने ४ अर्ब १४ करोड ५७ लाख रुपैयाँको गहुँ आयात भयो । भारत, चीन र इटालीबाट गहुँ आयात भएको हो । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि अन्नको आयात वृद्धि भइरहेको बताए । उनले धान–चामल, मकै र गहुँजस्ता अन्न मुख्य रूपमा आयात हुने गरेको जानकारी दिए ।

अर्थशास्त्री केशव आचार्यका अनुसार जनशक्ति कृषिप्रति निरुत्साहित भई बिदेसिने क्रम बढेकाले आयात बढेको हो । ‘मुलुकका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझै छन्,’ उनले भने, ‘खासगरी खाद्यान्न बाली लगाउने क्रम घटेकाले अन्न आयात बढेको हो ।’ उनका अनुसार कामदार अभाव, नगदी बालीमा आकर्षण, उच्च लागतलगायत कारणले पनि अन्नको आयात बढेको हो । ‘भारतमा उच्च अनुदान छ, त्यसले भाउ सस्तो पर्छ,’ उनले भने, ‘भारतको तुलनामा नेपालमा अन्नको उत्पादन लागत बढी छ, त्यसैले भाउ पनि उच्च नै छ ।’ नेपालको भाउ उच्च हुँदा व्यवसायीले भारतबाट सस्तोमा अन्न ल्याउने गरेका छन् । 

विप्रेषण आयले गर्दा उपभोगमुखी संस्कृति विकास हुँदा पनि अन्न आयात बढेको उनले बताए । ‘यस्तो खाले आयात वृद्धिले अर्थतन्त्रलाई धरापमा पार्न सक्छ,’ उनले भने, ‘विप्रेषण आयमा कमी आउने बित्तिकै हामीसँग आयात गर्ने रकम हुँदैन, हाम्रो उत्पादन पनि छैन, यसले अर्थतन्त्र तहसनहस पार्न सक्छ ।’

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...