Skip to main content

अब इन्टरनेटबाटै टिभी

अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् ।
इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि सेटअप बक्सनै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो ।
ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा सेटअप बक्सबिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको सेटअप बक्सकिन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् ।
हामीले नेपाल टेलिकमको एडीएसएलमार्फत समेत टिभी हेर्न सकिने गरि सेवा सुरु गरेका हौं,’ ब्रोडलिंकका प्रमुख कार्यकारी अधिकृत बलभद्र अधिकारीले भने, ‘अहिले सीमित च्यानल मात्र रहेका छन्, चाँडै अरू थप गर्ने छौं ।उनले प्याकेजमा सबै नेपाली च्यानल र केही विदेशी च्यानल समेटिएको जानकारी दिए ।



नेट टिभीले भने एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने महाप्रबन्धक कृष्ण अधिकारीले बताए । हामीले सबैखाले पूर्वाधार तयार पारिसक्यौं,’ उनले भने, ‘आगामी एक महिनाभित्र सेवा सुरु हुने छ ।उनका अनुसार सुरुमा कम्पनीले वल्र्डलिंक र भायनेटकै नेटवर्कबाट सेवा सुरु गर्ने छ । हालसम्म ५७ वटा च्यानल चलाउने सम्झौता भइसकेको उनले बताए । हामी अरू च्यानल थप गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘सफ्टवेरलगायतको काम पनि भइरहेका छन्, सकिएपछि हामी बजारमा आउँछौं ।
आईपी टिभी चलाउन उच्च गतिको इन्टरनेट आवश्यक पर्छ । घरमा उच्च गतिको इन्टरनेट जोडिएका उपभोक्ताले कम्पनीसँग किनेको सेटअप बक्सलाई टेलिभिजन सेट र इन्टरनेटसँग लिंक गर्नुपर्छ ।
आईपी टिभीको सेटअप बक्ससँग जोडेपछि जुनसुकै टिभी स्मार्ट टिभीमा परिवर्तन हुने छ । स्मार्ट टिभीमा परिवर्तन भएपछि इन्टरनेटबाटै हामी सबै च्यानल हेर्न मिल्छ,’ ब्रोडलिंकका अधिकारीले भने । उपभोक्ताले कम्प्युटर र स्मार्टफोनमार्फत समेत विभिन्न च्यानलको प्रत्यक्ष प्रसारण हेर्न सक्ने छन् ।
आईपी टिभीमा आफूलाई मन परेको कार्यक्रम रेकर्ड गरेर राख्न पनि सकिन्छ । आईपी टिभी चलाउन नेपालमा पहिलो पटक वल्र्डलिंक कम्युनिकेसनले करिब चार वर्षअघि अनुमति पाएको थियो । अर्को इन्टरनेट सेवा प्रदायक सुबिसुले पनि आईपी टिभीको अनुमति पाइसकेको छ । सञ्चार मन्त्रालयका अनुसार हालसम्म पाँचवटा कम्पनीले आईपी टिभीको अनुमति पाएका छन् ।

आईपी टिभी चलाउन दुई सया ५६ किलोबाइटस् प्रतिसेकेन्ड गतिभन्दा माथिको इन्टरनेट मात्र उपयुक्त हुने प्राविधिकहरू बताउछन् । जति उच्च गतिको इन्टरनेट भयो उति नै आईपी टिभी राम्ररी चल्छ ।



Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु