Skip to main content

कविता


आङ साङ सुची


विष्णु पोखरेल 

मृत्युरेखा पार गर्दै गर्दा
सम्झदैँ छु तिम्रा चम्किला आँखा
जसमा देखिन्छन्
प्रतिशोधका प्रतिच्छायाहरू

थाहा छ
तिमी बोल्न सक्ने छैनौ
जसरी हिजो बोल्थ्यौ
हास्न सक्ने छैनौ
जसरी हिजो हास्थ्यौ
र, यो पनि थाहा छ
तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ–
जसरी नजरबन्दका बेला
घरको कौसीमा निस्केर
हात हल्लाउदै गर्जन्थ्यौ

मृत्यु रेखा पार गर्दैगर्दा
कुल्चिरहेछु,
कैयौँ रात ढुकढुकी बिसाउन
संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू
सुँघिरहेछु,
तिनबाट निस्कने दुर्गन्ध
नाघिरहेछु,
पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै
कैयौँ नानीको बलात्कृत
जाँघबाट चुहिएका रक्तरेखाहरू

ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति !
म आफ्नै भूमीबाट घरबारविहीन भएर
मृत्युरेखा पार गर्दैगर्दा
तिमी भन्दैछौ–
‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’
मेरी प्यारी शान्तिकी प्रतिमूर्ति !
एकपटक तिम्रो बैठक कक्षमा जाऊ
र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई
‘साच्चै म सत्य बोलिरहेकी छु ?’

सायद नोबेल आउँनेछ
चिहानबाट उठेर
अनि, भन्नेछ–
‘तिमी सत्य बोल्दैछौ वा असत्य
मलाई थाहा छैन
मतलब पनि छैन,
यत्ति जान्दछु,
मैले डाइनामाइट नबनाएको भए
मेरा नाममा शान्तिको तक्मा बन्ने थिएन
अनि, तिमी त्यसैको प्रयोगले
लाखौँलाख आत्माको चिरहरण गर्दै
हज्जारौँहज्जारको रगत पिउन पाउने थिएनौँ ।’

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...