Skip to main content

जनयुद्ध



विष्णु पोखरेल 
महिनौँ समुद्र उम्लेर
आकाशमा उडेको बादल
मनसुन आगमनले
हिउँ, पानी र असिना बनेर
एकैसाथ झर्दै गर्दा
खोज्दै थियौ तिमी
हत्केलाले बादल छेक्न ।

वर्षौँ पहिले
तिम्रा गुरुले रोपेको
वर्गरहित मुलुकरुपी
वर–पिपल
साइबेरियाको सिरेटोले खाएर
हरिया जरामा धमिरा लाग्दै गर्दा
रोप्दैँ थियौ तिमी
मेरा मुलुकमा
‘डेट एक्पायर’ सपनाका बीऊ ।

फाटेका मनहरू
जोड्ने आकांक्षाले
वर्गहितका लागि खडा गरिएको
बर्लिन पर्खाल ढल्दैगर्दा
मेरा गाउँमा तिमी
लगाउँदै थियौ
जातियाता र क्षेत्रियताका
अग्ला पर्खालहरू ।

संसारभर तिम्रा
दार्शनिक गुरुका
धर्मग्रन्थहरू जल्दैगर्दा
बाल्दै थियौ तिमी
मेरा पाठशालामा
नैतिक शिक्षाका पाठ्यपुस्तकहरू ।

‘डिजिटल डिभाइस’मा
बालबालिकाले ‘भर्चुअल क्लास’ लिने युगमा
खोल्दै थियौ गाउँ–गाउँमा
‘दुस्मन’ र ‘मित्र’ शक्तिका पाठ पढाउने
कम्युनहरू ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...