Skip to main content

बाग्मती



विष्णु पोखरेल

कपाल फुलेर सेतो बनेझैँ
हिउ फुलेर सगरमाथा कालो बनेका बेला
छेउमा आएर भन्छौँ–
‘बाग्मती दुर्गन्धित भयो, सफा गर्न जाऔँ ।’

एक मनले सोच्छु–
‘ठिकै भन्दैछौँ
बाग्मती सफा गर्नु 
धुलाम्मे बनेको
सभ्यताको एउटा पुस्तक
टक्टक्याउनु हो,
भूँइचालोले भत्काएको भग्नावशेषबाट
एकजोडी घाइते प्रेमिलाई
अंकमाल गरिरहकै अवस्थामा उद्दार गर्नु हो ।’

हुर्कदै गरेको बाख्राको पाठोझैँ
चुलबुल गरिरहने मन
स्थिर हुन कहाँ सक्छ र ?
अर्को मनले भन्छ–
‘पख, पख
बाग्मतीमा अहिले पानी होइन
ढल बग्छ,
सुगन्ध होइन,
दुर्गन्ध फैलन्छ
पक्कै तलाई पत्तो नहोला
अचेल त्यहाँ सभ्यता होइन
सत्ता र सत्ताको छायाँ सँगसँगै बग्दछ ।’

Comments

Post a Comment

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...