Tweet स्वदेशी र भारतीय ग्राहकबिच लोकप्रिय बन्दै गएका नेपाली जुत्ता–चप्पलको तेस्रो मुलुकमा समेत माग हुन थालेको छ। डेढ दशक अघिदेखि भारतमा निर्यात भइरहका नेपाली जुत्ता–चप्पलको बंगालादेश, श्रीलंकालगायतका मुलुकबाट माग आएको हो। तेस्रो मुलुकबाट माग आएपनि पर्याप्त उत्पादन अभाव र प्रकृयागत झन्झटले निर्यात भने हुन सकेको छ। ‘माग आएपछि हामीले श्रीलंका निर्यातका लागि सबै तयारी गरेका थियौं’, मोरङको उत्सव ओभरसिजका प्रबन्ध निर्देशक हरि दाहालले भने, ‘उता सोरुम समेत खोल्ने तयारी गरियो, तर त्यहाको सरकारले भारी कर लगाएकाले निर्यात गर्न सकेका छैनौ’। श्रीलंका सरकारले स्वदेशी उद्योग प्रवद्र्धनका लागि प्रति जोर चप्पलमा करिब दुई सय रुपैयाा राजस्व लगाएकाले आफुहरुले निर्यात गर्न नसकेको बताए। नेपालबाट करिब १५ वर्षदेखि ‘गोल्ड स्टार’ ब्रान्डको जुत्ता भारत निकासी भइरहेको छ। तेस्रो मुलुकबाट नेपाली जुत्ता–चप्पलको माग आएको भने यो पहिलो पटक हो। उत्सव ब्रान्डमा पियू चप्पल उत्पादन गरिरहेको कम्पनीले बंगालादेश र भारतमा भने निकासी तयारी गरिरहेको छ। हामीले अरु मुलुकमा निकासीको तयारी गरेका छौ’, दाहालले भने, ‘सबै प्रकृया ...
This is a personal blog